प्रधानाध्यापक नियुक्ति प्रक्रिया गलत भएको भन्दै मन्थली नगरपालिका विरुद्ध सर्वोच्चमा परेको रिट यस्तो सहमतिपछि फिर्ता

| मंसिर ७, २०८० बिहिबार

A A A
A A A

०७ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले परीक्षा लिएर उक्त परीक्षामा उत्तीर्ण भएपछि विद्यालयको प्रधानाध्यापक (प्रअ) को रूपमा कार्यरत प्रअ नियुक्तको प्रक्रिया गलत भएको भन्दै सर्वोच्च अदालतमा परेको रिट फिर्ता लिइएको छ । प्रअ नियुक्ति प्रकृति गलत भएको भन्दै उजुरी दिएका मन्थली नगरपालिका १४ फुलासीका स्थानीय एवं नेकपा (माओवादी केन्द्र) मन्थली नगर कमिटी सचिव रामबहादुर तामाङले उजुरी बुधवार फिर्ता लिएका हुन् । 

 

नगरकै हरिसिद्धी माविका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका तामाङले नगरपालिका, नगर कार्यपालिका,नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समिति, प्रधानाध्यापक छनौट समिति सहित अन्य ४० जना प्रधानाध्यापक गरी ४८ जनालाई विपक्षी बनाई रिट दायर गरेका थिए । 

 

 

मन्थली  नगरपालिकाको तर्फबाट नगर प्रमुख लव श्रेष्ठ, नगरका कानुनी सल्लाकार (कानुन अधिकृत) कानुन शाखा सुदर्शन कुमार राय, वडा नं २ का वडा अध्यक्ष सुरेन्द्र कार्की, ८ नं वडा अध्यक्ष गोपाल श्रेष्ठ र रिट दायर कर्ता तामाङबिच सर्वोच्चो अदालत परिसरमा ४ बुँदे लिखित सहमतिपछि मुद्दा फिर्ता लिइएको सहमति पत्रमा उल्लेख छ ।

 

शैक्षिक सुधारलाई प्राथमिकता दिएको बताउँदै आएको मन्थली नगरपालिकाले यसै अन्तर्गत गएको साउनमा नगरपालिकाले परीक्षा लिएर यसमा उत्तीर्णहरूलाई मात्रै (प्रअ) को जिम्मेवारी दिएको थियो । 

 

यस्तो भयो सहमति हेर्नुहोस् ।