नेकपा माओवादी रामेछापका एक दर्जन नेताले भेटे प्रधानमन्त्रीलाई, ‘प्रचण्ड’ पुस १९ मा रामेछाप आउने

| मंसिर ८, २०८० शुक्रबार

A A A
A A A

०८ मंसिर, रामेछाप । नेकपा (माओवादी केन्द्र) रामेछापका नेताहरूले प्रधानमन्त्री एवं पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । उनीहरूले प्रधानमन्त्रीलाई रामेछाप आउने निमन्त्रणा दिएका छन् । 

 

शुक्रवार बिहान नेकपा माओवादी केन्द्रीयका सदस्य एवं रामेछापबाट बागमती प्रदेश सांसद युवराज चौलागाई, सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट (चौलागाई), सोही पालिकाका पूर्व अध्यक्ष एवं माओवादी नेता दावा लामा, दोरम्बा शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष कमानसिं मोक्तान लगायतका पार्टीका युवा नेताहरूले प्रधानमन्त्री निवास पुगेर भेट गरेको प्रदेश सांसद चौलागाईले जानकारी दिए । 

 

माओवादी केन्द्रीय सदस्य एवं सांसद चौलागाईका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डसँगको भेटमा रामेछापका पार्टी नेताहरूले प्रधानमन्त्री ‘प्रचण्ड’लाई आगामी पुस १९ गते परेको ‘बेथान वीरता दिवस’ र ‘सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन’ गर्न निमन्त्रणा दिएको छ । 

 

जसमा प्रधानमन्त्री दाहालले निमन्त्रणा स्वीकार गरेको जानकारी दिँदै प्रभावशाली नेता चौलागाईले पुस १९ मा प्रधानमन्त्री रामेछापको सुनापति आउने बताए । 

 

यस अगाडि प्रधानमन्त्री दाहाल दोरम्बा शैलुङ्गको डाँडा कटेरीमा दोरम्बा हत्या काण्ड स्मृतिमा रामेछाप आएका थिए ।

तस्बिरहरु युवराज चौलगाईको फेस्बुकबाट ।