कुमार श्रेष्ठ काँग्रेस जिल्ला कार्यसमिति सदस्यमा मनोनीत

०८ मंसिर, रामेछाप । नेपाली काँग्रेस रामेछापका पूर्व कोषाध्यक्ष कुमार श्रेष्ठ पार्टीको जिल्ला कार्यसमिति सदस्य पदमा मनोनीत भएका छन् ।
आज शुक्रवार पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले श्रेष्ठलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।
पार्टी विधान (नवौँ संशोधन सहित) को परिच्छेद ३ को धारा १२ को उपधारा ५ (ख) २ र उपधारा ७ (ङ) बमोजिम श्रेष्ठलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनीत गरिएको नेविसंघ सभापति विनोद बुढाथोकीले जानकारी दिए ।
श्रेष्ठ निवर्तमान जिल्ला कार्यसमितिको कोषाध्यक्ष हुन् ।
मनोनीत पत्र हेर्नुहोस् ।