जब उडेर गए मनबाट रहर सबै.....
लेखक - पारु स्मारक 'समिन'
जब उडेर गए मनबाट रहर सबै
तब भत्किए सपनाहरूको घर सबै
गल् लिमा आँखा झुकाएर हिँड्नपर्छ
कातिल छन् यहाँ सबका नजर सबै
देशमा सालिकहरू राजनीति गर्छन्
भ्रष्टहरूको सिद्धान्त छ अमर सबै
सफलतामा बधाई दिन आफन्तहरू
हातमा बोकेर आएका छन् खन्जर सबै
को चैँ यात्री हो र?कहाँ यात्रा छ र ?
झुटो रहेछ जिन्दगीको सफर सबै
मेरो मृत्युले स्वयं मसँग झुकेर गयो
छन् व्यर्थ तिम्रा जहरका असर सबै