मन्थली नगरपालिकाले पुसको ६ गतेदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने

| मंसिर ९, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

०९ मंसिर, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका आगामी पुस ६ गतेदेखि नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचलान गर्ने भएको छ । 

 

शुक्रवार नगरपालिकामा बसेको २२ वटै माद्यामिक विद्यालयका प्रधानाध्यापक (प्रअ) सहितको बैठकले पुस ६,७ र ८ गते सम्म छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरिएको नगरका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

पुसको ६ गतेदेखि ८ गतेसम्म सक्ने गरी नागकन्या माविको खेल मैदानमा गर्न निर्णय गरिएको छ, महाशाखा प्रमुख बुढाथोकीले भने । मन्थलीमा हुने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड हाल सम्म सरकारी क्षेत्रको मन्थली माद्यामिक विद्यालयले उचाल्दै आएको छ । 

 

रनिङ शिल्ड जित्नेले १० हजार, ८ हजार र  ५ हाल नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ ।