कांग्रेस रामेछापले सार्वजनिक गर्यो कोरोना रोकथाममा सहयोगी दाताहरुको नामावाली (विज्ञप्तिसहित)

| जेठ ३०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३० जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापले तत्कालिन समयमा सरकारका कारण कोरोना महामारी देशब्यापी फैलिन बल पुगेको आरोप लगाएको छ । केन्द्र सरकार सत्ता जोगाउने र जनप्रतिनिधिहरु भ्रष्टचारमा लिप्त भएकाले देशब्यापी कोरोना भाइरसको संक्रमण फैलिनएको निश्कर्ष कांग्रेसको छ । 

 


आइतबार पार्टीका प्रवक्ता नारायण बहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा 'सरकार तत्कालिन समयमा संसारभर कोरोना संक्रमण फैलिसकेको अवस्थामा हाम्रो देशमा प्रवेशनै पाएको थिएन । रोकथामको लागि प्रशस्त समय थियो, तर सरकार कसरी सत्ता जोगाउने भन्ने खेलमा लाग्दा कोरोना फैलिएको हो भनिएको छ ।'

 

कोरोना संक्रमणाबाट जोगाउन प्रर्याप्त समय हुँदा पनि त्यो नगरेकाले कोरोना फैलिएको उसको ठहर छ ।  कांग्रेस रामेछापले हालसम्म जिल्लामा कोरोना महामारी रोकथाको लागि आफ्नो भूमिका पनि महत्वपूर्ण रहेको दाबी गरेको छ ।

 

जिल्लाका स्थानीय तहहरुलाई पूर्णबहादुर तामाङ् 'कान्छाराम'ले हस्तान्तरण गरेका एम्बुलेन्स, २३ लाख बराबरको ३ थान आईसीयू बेड्, जिल्लाका सबै स्वास्थ्य चौकीमा १० हजारको दरले प्रदान गरेको मास्क, मानबहादुर लामाले दोरम्बा गाउँपालिकाका ७ वटै वडालाई १४ थान बेड्, १४ थान अक्सिजन सिलिण्डर, मास्क, सेनिटाईजर, नेता सुन्दर खत्री, उज्जवल बस्नेतले बेताली स्वास्थ्य चौकीलाई दिएको ६ थाना आइसीयू बेड, सुनापति गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकीमा ५ लाख बराबरको कोरोना रोकथाम सम्बन्धित औषधीहरु वितरण गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

 

त्यस्तै नेपाली कांग्रेस काठमाडौं सम्पर्क समिति मार्फत रामेछापका सबै स्वास्थ्य चौकीमा पिपिई,औषधी लगाएत १५ लाख बराबरको सामान, नेपाल तरूण दल रामेछाप मार्फत औषधी, मास्क, स्यानिटाइजर र खाध्यन्न लगाएत १० लाख बराबरको सामान, अक्सिजन सिलिण्डर १० थान लगाएतका सामाग्री हस्तान्तरण गरेको पनि कांग्रेसले जनाएको छ । 

 

कांग्रेस रामेछापले १५ बुँदामा माउपार्टीसहित भातृ संस्थाबाट भएको कोरोना रोकथामको सहयोगीहरुको नामावाली सार्वजनिक गर्दै आगामी दिनमा पनि आफ्ना मताहतका सबैलाई कोरोना रोकथाममा भूमिका खेल्न पार्टीले आह्वन पनि गरेको पार्टी प्रवक्ता नायारण खड्काले बताए । 

 

कांग्रेसले कोरोना रोकथामको लागि स्थापित कोषमा केन्द्र पार्टीले ५० लाख सहयोग गरेको थियो ।


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार