रामेछापमा पुस २६ गतेदेखि १० दिन वृहत् रामेछाप महोत्सव गर्ने उद्योग वाणिज्य संघको निर्णय

| मंसिर ११, २०८० सोमबार

मन्थली बजार, फाइल
A A A
A A A

११ मंसिर, रामेछाप । रामेछापको मन्थलीमा आगामी पुस २६ गतेदेखि १० दिने वृहत् रामेछाप महोत्सव हुने भएको छ । जिल्ला भरिको पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्‍याउने उद्देश्यले गर्न लागिएको महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढाइएको आयोजकले जनाएको हो । 

 

गत बिहीबार बसेको रामेछाप उद्योग वाणिज्य संघ, रामेछापको नियमित बोर्ड बैठकले वृहत् रामेछाप महोत्सव गर्ने मिति तोकेर तयारी अगाडि बढाउने निर्णय गरेको संघ महासचिव कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘अहिले मिति तोकेका छौँ थप कसरी जाने भनेर बैठक बसेर समितिहरू गठन गरेर काम अगाडि बढ्छ ।’

 

उनका अनुसार पुसको २६ गते उद्घाटन गरेर माघको ६ गते सम्म महोत्सव चलाउने भने निर्णय भएको हो । अब आठ वटै स्थानीय तहसँग संघले छलफल गरेर महोत्सवलाई कसरी उपलब्धि मूलक बनाउन सकिन्छ भन्ने बारेमा तयारी गर्ने जानकारी दिँदै स्थानीय उत्पादनहरू (सबै थोक) लाई महोत्सवमा राख्ने योजना सुनाए । 

 

अहिले सम्मकै उत्कृष्ट बनाउने योजना छ मूल समारोह समिति गठन गरेर थप कामले गति लिन्छ महासचिव श्रेष्ठ । उनले तीन दिनसम्म विभिन्न स्थानीय झांकी भेष भूषासहित प्रदर्शन गर्ने योजना सुनाए । 

 

उनले जोड् दिँदै भने सबै गाउँपालिकासँग समन्वय गरेर स्थानीय उत्पादनका सामाग्री, हस्तकला, भेषभुषा, कृषि सबै सामाग्री महतोत्वमा राख्छौँ । 

 

‘गत वर्ष सडक महोत्सव गरेर चर्चा कमाएको रामेछाप उद्योग वाणिज्य संघले यो वर्ष वृहत् रामेछाप महोत्सव गर्ने योजना अगाडि बढाएको हो । विगतमा १२५ वटा स्टलहरू राखिएको अनुभव छ । त्यो भन्दा बढाएर राख्छौँ, खर्चको अनुमान हामीले गरेका छैन । तर, करोड पुग्न सक्छ’ महासचिव श्रेष्ठ । 

 

 

मूल समारोह समिति गठन गरेपछि कलाकार, प्रमुख अतिथि, लागत, व्यवस्थापन, स्टल सहित सबैको तयारी अगाडि बढ्ने उनको भनाई छ ।