गुम्देल पुगेर सांसद तामाङले भने ‘शिवालय–बाम्तिभण्डार सडक कालो पत्र गर्न पहल गर्छु’

| मंसिर १२, २०८० मंगलबार

A A A
A A A

१२ मंसिर, रामेछाप । संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले बाम्तिभण्डार सम्मको सडक कालो पत्रे गरिदिने बताएका छन् । उनले शिवालय–चुचुरे–देउराली–बाम्तीभण्डार जोड्ने मुख्य सडक कालो पत्रेको गरिदिने आश्वासन दिएका हुन् । 

 

सोमबार उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा बौद्ध मूर्ति अभिषेक तथा नवनिर्मित बौद्ध गुम्बा उद्घाटन कार्यक्रममा बोल्दै सांसद तामाङले यस्तो बताएका हुन् । उनले गुम्दले प्राकृतिक रूपमा सुन्दर, शान्त र पर्यटकीय उच्च सम्भावना बोकेको क्षेत्र भन्दै यसको विकार र विस्तारमा पालिका, प्रदेश सङ्घको ध्यान जानू पर्ने धारणा राखे । 

 

शेर्पा समुदायको भाषा, धर्म, सांस्कृतिक रहन सहनले त्यहाँ पुग्ने जो कोही पनि आनन्दित हुने उल्लेख गर्दै सहज सडकको पहुँच पुर्‍याउनु जरुरी रहेको बताए । सो कुरालाई पूरा गर्न आफूले त्यो क्षेत्रको शिवालय–बाम्तीभण्डार सडक ‘पिच’ गर्ने कार्य अगाडि बढाउन पहल गर्ने बताए । नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति समेत रहेका तामाङले  जनताको आधारभूत कुराहरूको परिपूर्ति गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै समस्या भए आफूसँग राख्न पनि आग्रह गरे । 

 

सो क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाले जनतालाई दुःख दिइरहेको बताएका सांसद तामाङले ठुला गाडी चलाएर बाटो बिग्रिएको गुनासो पटक पटक आफू कहाँ आएको सुनाए । त्यसको सम्बोधन जलविद्युत निर्माण कम्पनीहरूले गर्नु पर्ने जिकिर गरे ।