आमा ‘म’ जानपर्छ

| मंसिर १४, २०८० बिहिबार

A A A
A A A

वेदनाका आँसु झारेर

मलाई कमजोर नबनाउनु 

किनकि म जानपर्छ 

जस्तो की 

उज्यालो हुन रात जानपर्छ 

समय हुन समय जानपर्छ 

बुझ्नु.......

म करले हैन कर्तव्यले जानपर्छ 

जस्तो की 

सागर भेट्न नदी जानपर्छ

युद्धमा सैनिक जानपर्छ 

मलाइ नरोक्नु..........

म केही गर्न जानपर्छ 

 

जस्तो कि 

युद्ध गर्न रणोभुमिमा जानपर्छ 

तपस्या गर्न तपोभुमिमा जानपर्छ 

म केही देख्न जानपर्छ 

कहाँ यहाँ मात्र हो र संसार ?

म संसार हेर्न संसारमा जानपर्छ 

म बद्लिएर 

फेरि बद्लिन जानपर्छ

म गएर नआउन जानपर्छ 

म खाली हात गएर,

कसैलाई खाली हात नपठाउन जानपर्छ 

यी हातहरूले संसार सजाउन जानपर्छ 

सोच्नु त,,,,

 

कहाँ सबै सधैँ रहन्छ र...

म एक क्षण भएर 

सधैँ हुन जानपर्छ 

म एक भएर 

सबै हुन जानपर्छ 

त्यहाँ म नभैइ हुँदैन 

त्यो गर्न म नगैइ हुँदैन 

हेर्नू त.........

 

म जे लिएर आएको थिए 

त्यही लिएर जाँदै छु 

म जे आएको थिए 

म जस्तो आएको थिए 

म जसरी आएको थिए 

र अब म

त्यस्तै जाँदै छु 

त्यसरी नै जाँदै छु

हेर्नू त........

म जानपर्छ 

 

जस्तो कि 

फलाम हतियार हुन आगोमा जानपर्छ 

बीज बिरुवा हुन माटोमा जानपर्छ 

 

त्यस्तै कि 

म दौडन मैदानमा जानपर्छ 

म उड्न हावामा जानपर्छ 

म पौडन पानीमा जानपर्छ 

त्यस्तै ‘म’ ‘म’ हुन 

आमा ‘म’ जानपर्छ

कन्चन कार्की
| भदौ २८, २०८१ शुक्रबार
समिन बरुवाल
| चैत १५, २०८० बिहिबार