काँग्रेस रामेछापको महासमिति निर्वाचन केन्द्रित छलफलः ‘गुट’को अन्त्य गरेर मिल्नु पर्नेमा जोड, निर्वाचनको मिति सार्न उठ्यो आवाज

| मंसिर १५, २०८० शुक्रबार

A A A
A A A

१५ मंसिर, रामेछाप । महासमिति निर्वाचनमा जुटेको नेपाली काँग्रेस रामेछापको आज शुक्रवार काठमाडौँमा भएको छलफलमा निर्वाचनको मिति सार्नु पर्ने आवाज उठेको छ । भने, पार्टीमा गुटबन्दीको अन्त्य गर्दै सहमति मै महासमिति सदस्य निर्वाचित गर्नु उत्तम हुने नेताहरूले जोड् दिएका छन् ।

 

सहमतिको लागि निवर्तमान पार्टी सभापति लवश्री न्यौपानेको संयोजकत्वमा गठित ५ सदस्यीय समितिको आह्वानमा उनकै अध्यक्षतामा बसेको बैठकमा धारणा राख्ने क्रममा नेताहरू २३ गते नै निर्वाचन गर्न समय कम भएको भन्दै यसको मिति पर सार्नु पर्ने धारणा राखेको समिति सदस्य एवं २ नं क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

‘यो सयम थोरै भयो भन्दै सार्नु पर्छ भन्ने कुरा उठ्यो । अब बस्ने जिल्ला कार्यसमिति बैठकले के गर्न भन्ने निर्णय गर्छ ।’

 

पार्टीको १७ गते पर्सी जिल्ला कार्यसमिति बैठक बस्दै छ । 

 

२७ जना महाधिवेशन प्रतिनिधि मध्ये पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) सहितको २१ जना उपस्थित बैठकमा सहमतिको लागि सबै नेताहरूले धारणा राखेको सभापति श्रेष्ठले बताए । 

 

यसरी धारणा राख्ने क्रममा नेता रामचन्द्र खड्काले सहमति भए आफ्नो नाम नराखे पनि मिलेर जाने धारणा राखे । उनले पार्टी भित्र एकले अर्काको आरोप प्रत्यारोप गर्ने स्थिति संधाको लागि अन्त्य हुनु पर्नेमा जोड् दिए । 

 

त्यस्तै नेता अर्जुन केसीले पनि महासमिति निर्वाचनलाई मात्रै मोहोरा बनाएर पार्टी एक भएको देखाउने र त्यसपछि गुटबन्दी गर्ने भए चुनावमै जाने बताए । तर, पार्टी भित्र एकता र सहमति, समन्वय गरेर जाँदा मिलेर जान सकिने बताए । 

 

त्यस्तै नेता केशव चालिसेले गठित समितिले तयार पारेर ल्याएको खाका आफ्नो नाम नरहे पनि आफूलाई मान्य हुने धारणा राखे । भने, नेता धुब्रहरि ढुङ्गेलले भने आफूले पार्टीमा ४ दशक बढी बिताएको भन्दै महासमिति सदस्यको लागि बलियो दाबेदार रहेको धारणा राखे । 

 

उनले अहिलेको नेतृत्वले पनि ती कुरालाई बुझ्नु जरुरी रहेको उल्लेख गर्दै नेता ढुङ्गेलले आफू कुनै पनि हालतमा सदस्यमा पर्नु पर्ने त्यसको लागि निर्वाचन वा सहमति दुवै तयार रहेको उनको भनाई छ । 

सबै तस्बिर स्रोत राजेश कुमार श्रेष्ठ ।