कांग्रेस रामेछापको महासमिति निर्वाचन पुस ६ मा, मंसिर २३ मा उम्मेदवारी दर्ता

| मंसिर १७, २०८० आइतबार

A A A
A A A

१७ मंसिर ,रामेछाप । नेपाली कांग्रेस रामेछापको महासमिति निर्वाचन पुसकाे ६ गते हुने भएको छ । आउदाे मंसिर २३ गतेदेखि निर्वाचनको कार्यक्रम अगाडि बढाउने सहमति बनेको हाे ।  यश अगाडि आइतबार सम्म सहमति नभए यही मंसिरको २३ गते निर्वाचन गर्ने भनिएको थियाे । 

 

आइतबार राति ८ : ३० बजेसम्म विपी स्मृति भवन मन्थलीमा बसेकाे जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि सहितको बैठकले उक्त निर्णय गरेकाे क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 


उनका अनुसार २३ गते उम्मेदवारी दर्ता गर्ने र पुसकाे २ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय  ताेकिएकाे छ । साथै साे अवधिभर गठित समितिलाई पनि सहमतिको लागि पहल गर्ने निर्णय गरिएको सभापति श्रेष्ठले जानकारी दिए । तर, निर्वाचन हुने लगबग निश्चित जस्तै बनेको हाे । 


निर्वाचनको जिम्मेवारी शिक्षा संघ रामेछापलाई ताेक्न् पनि निर्णय गरिएको छ ।