बाबियाखर्कका उमेश घिमिरेले संस्कृति विश्वविद्यालयबाट विद्यावारिधि पाए, जिल्लाकै पहिलो भएको दाबी

| मंसिर १८, २०८० सोमबार

उमेश घिमिरे ।
A A A
A A A

१८ मंसिर, रामेछाप । रामेछापका एक युवाले पूर्वीय दर्शन (वेदान्त दर्शन) विषयमा विद्यावारिधि हासिल गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले आइतबार प्रकाशन गरेको नतिजामा घिमिरेको नाम पनि समावेश भएको हो । 

 

रामेछाप नगरपालिका वडा नं ८ वावियाखर्क निवासी उमेश घिमिरेले यो उपाधि हासिल गरेका हुन् । घिमिरेले हासिल गरेको यो विद्यावारिधि जिल्ला भित्र मै पहिलो भएको दाबी गरिएको छ । 

 

 

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ वेदान्त विभागका उपप्राध्यापक समेत रहेका घिमिरेले रामेछाप मै पहिलो पूर्वीय दर्शन वेदान्तको विद्यावारिधिमा आफ्नो नाम लेखिएको दाबी गरे । 

 

मध्यम परिवारमा जन्मिएका घिमिरे एक असाधारण प्रतिभाका धनीका रूपमा चिनिँदै आएका छन् । डा.उमेश घिमिरे धेरै मेहनत र कष्टकर जीवन पार गर्दै उक्त उपाधि हात पार्न सफल भएको बताए ।