माओवादी केन्द्र रामेछापले दियो प्रजिअ मार्फत अक्सिजन सहित स्वास्थ्य सामाग्री

| जेठ ३०, २०७८ आइतबार

फोटो बिजय श्रेष्ठबाट प्राप्त
A A A
A A A

३० जेठ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र रामेछाप र संघीय सासंद श्याम कुमार श्रेष्ठ 'कूशल'को पहलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । 


आइतबार (आज) जिल्ला प्रशासन कार्यालय रामेछापमा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गौलचन सैजूमार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 

 

माओवादी केन्द्र रामेछाप र संघीय सांसद् 'कूशल'को पहलमा १० थान ठूलो, १५ थान सानो अक्सिजन सिलिन्डर, १० लिटर अक्सिजन कन्सेण्ट्रटर, ४० बाक्सा विभिन्न औषधी,१ सय ३० थान पिपिई सेट, २ सय थान एन् नाइन्टी फाईब् मास्क, ३० थान अक्सिमिटर, ३७ सय पिस सर्जिकल माक्स, फेस सिल्ड एक सय थान, ५ लिटरको १० थान सेनिटाइजर र २ सय ५० एम एलको ५ थान सेनिटाइजर दिएको युवा नेता बिजय श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

स्वास्थ्य सामाग्री वितरणमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवं सासंद श्याम कुमार श्रेष्ठ, संविधानसभा सदस्यहरू डिल्लीमान तामाङ, लक्ष्मीदेवी गुरूङ, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्यहरू टंकलाल घिसिङ, सेवक कार्की, सुनिता गौतम, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान लगाएत जिल्ला कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो ।