नेपाली काँग्रेस रामेछापको महासमिति निर्वाचन तालिका सार्वजनिक, आजै उम्मेदवारी हुँदै (तालिकासहित)

| मंसिर २३, २०८० शनिबार

A A A
A A A

२३ मंसिर, रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । आजै दिउँसो देखि उम्मेदवारी दर्ता हुँदै छ।  

 

आगामी पुसको ६ गते हुने निर्वाचनको लागि निर्वाचन समितिले आज शनिवार बिहान कार्य तालिका सार्वजनिक गरेको हो । जस  अनुसार आइतबार भोलि बिहान ११ बजे सम्म उम्मेदवार उपर दाबी विरोधको समय दिएको छ । भने, पुसको २ गते साँझ ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । 

 

त्यस्तै पुस ६ गते बिहान ८ बजेदेखि साँझ ५ बजे सम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा मतदान हुने समय तोकिएको छ । 

 

उम्मेदवारी दर्ताको लागि रितपूर्वक भरिएको मनोनयन पत्र, उम्मेदवारले नेपाली काँग्रेस पार्टीलाई बुझाउनु पर्ने लेवी बुझाएको बैंक भौचर र नगदी रसिद, प्रस्तावक र समर्थकहरू लेवी तिर्ने सहमति, महाधिवेशन प्रतिनिधि हुनु पर्नेछ र प्रस्तावक र समर्थकको हकमा क्षेत्रीय प्रतिनिधि हुनु पर्ने भनिएको छ । 

 

त्यस्तै काँग्रेसको विधान २०१७ (संशोधन सहित) बमोजिम रु ७ हजार पार्टीको खातामा जम्मा गर्नु पर्ने छ । साथै मतदाताले आफ्नो नाम मतदाता नामावलीबाट हटेको वा कैफियतमा रहेको भएमा व्यक्ति स्वयम् उपस्थित भई प्रमाण सहित दाबी उजुरी दिनु पर्ने निर्वाचन अधिकृत लक्षणकुमार घिमिरेले जानकारी दिए । 

 

निर्वाचनले मतदान र मतगणना बाहेक सबै निर्वाचन कार्य पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा गर्दै छ । 

 

गत आइतबार बिपी स्मृति भवन मन्थलीमा बसेको जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि सहितको बैठकले आज उम्मेदवारी दर्ता गरी पुस ६ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । 

 

निर्वाचन तालिका हेर्नुहोस्