करेन्ट लागेर रामेछाप लिखु तामाकाेशी घर भएका सेनामा कार्यरत एककाे ज्यान गयाे

| मंसिर २३, २०८० शनिबार

सांकेतिक तस्बिर
A A A
A A A

२३ मंसिर, रामेछाप  । करेन्ट प्रवाहित तारमा छाेएकाे बाँसमा छुँदा रामेछाप लिखु तामाकोशी घर भएका नेपाली सेनामा कार्यरत एक जनाको ज्यान गएको छ । 

 


शनिबार जवरजंग गण देबिघाट नुवाकोट ब्यारेकमा कार्यरत हवल्दार लिखु-६ निवासी रामकुमार कार्किको निधन भएको नेपाली सेना स्राेतले जनाएको हाे । 

 


उनको उपचारको लागि त्रिशूली अस्पताल लैजादै गर्दा निधन भएको सेना श्रोतको भनाइ छ । घटना नुवाकोटमा घटेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

यश अगाडि हेडलाईनमा अन्यथा सच्याइएकाे छःस