भोलि ओलीको स्वागतमा युवा संघ रामेछापले मिल्तीदेखि मन्थली बजार सम्म मोटरसाइकल र्‍याली गर्दै

| मंसिर २४, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

२४ मंसिर, रामेछाप । समृद्धिको लागि संकल्प यात्राको क्रममा भोलि सोमबार नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली रामेछाप आउने भएपछि पार्टी निकट युवा संघले वृहत् मोटर साइकल र्‍याली गर्ने भएको छ । 

 

सोमबार (२५ गते) मन्थली नगरपालिका वडा नं १३ स्थित मिल्ती बजारदेखि दोलखाको किर्ने– खिम्ती हुँदै मन्थली बजार सम्म मोटरसाइकल र्‍याली आयोजना गरेको युवा संघ रामेछापले जनाएको हो ।  ‘हामी बाइक र्‍यालीको सम्पूर्ण तयारीमा जुटेका छौँ युवा संघ जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर कार्की ।’

 

एमाले अध्यक्ष ओली भोलि सोमबार धुलिखेल–दोलखाको चरिकोट हुँदै अपरान्ह्व जिल्ला सदरमुकाम मन्थली स्थित तीनलाल पार्कमा आउँदै छन् । ओलीको स्वागतको लागि युवा संघले सजिसजावट्को काम समेत सकाएको छ। 

 

नेकपा एमाले जिल्ला कमिटी रामेछापले ओलीलाई यहाँको विकास निर्माण लगायत सम्पूर्ण पक्षको जानकारी गराउने तयारी सकेको जनाएको छ । भने, ओली सोमबार राति मन्थलीमै नेता कार्यकर्ताको घरमा बास बन्ने छन् ।