काँग्रेस रामेछापको महासमिति सदस्य निर्वाचन : पार्टी सभापति ‘कान्छाराम’ सहित २१ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

| मंसिर २४, २०८० आइतबार

A A A
A A A

२४ मंसिर, रामेछाप । आउँदो पुस ६ गते मतदान हुने नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागि २१ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार २१ जना महाधिवेशन प्रतिनिधिहरूले महासमितिमा भाग लिँदै उम्मेदवारी दर्ता गराएका हुन् । महासमिति सदस्य सहमतिमा टुङ्ग्याउन यस अगाडि निवर्तमान पार्टी सभापति लवश्री न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो । तर, उक्त समितिले सहमतिमा टुङ्ग्याउन नसकेपछि निर्वाचनमा केन्द्रित भएको छ । तर, उक्त समितिले अझै सहमतिको लागि छलफल निरन्तर दिने भनिएको छ । 

 

रामेछापबाट ११ जना महासमिति सदस्य निर्वाचित हुने छन् । ११ पदको लागि झण्डै दोम्बारले उम्मेदवारी दर्ता गरेका हुन् । ११ जना निर्वाचित हुने महासमिति सदस्य मध्ये खुल्ला ५ सदस्य १० जनाको उम्मेदवारी परेको छ । 

 

जसमा पार्टी सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम), महाधिवेशन प्रतिनिधिहरू रामचन्द्र खड्का, अर्जुन केसी,  भरत चौलागाई, युवराज भट्टराई, धुर्बहरी ढुङ्गेल, झपडराज भण्डारी, वीरबहादुर तामाङ, रत्न बहादुर कार्की र गेल्जे शेर्पाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक लक्ष्मण कुमार घिमिरेले जानकारी दिए । 

 

त्यस्तै खुला महिलातर्फ २ जना सदस्य पदको लागि ५ जनाको उम्मेदवारी परेको छ । मिना कार्की, गंगा अधिकारी, विनीता खड्का, उषा कार्की र एन्जिला न्यौपाने महाधिवेशन प्रतिनिधिहरू उम्मेदवारी दर्ता गराएको संयोजक घिमिरेले बताए । 

 

खस आर्य पुरुष १ पदका लागी २ जनाले उम्मेदवारी दिएका छन् । जसमा महेश कार्की र केशव चालिसेको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष १ जना सदस्य पदका लागि नरबहादुर थापामगर र जितेन्द्र मोक्तान गरी दुई जनाको उम्मेदवारी परेको उनले जानकारी दिए । 

 

आदिवासी जनजाति महिला र दलितमा १–१ पदको लागि १–१ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । उनीहरू निर्विरोध भएको छन् । यद्दयपी निर्वाचन समितिले निर्वाचित भएको घोषणा गर्न बाँकी छ । 

 

निर्वाचित हुनेमा आदिवासी जनजाति महिला महासमिति सदस्य कुमारी हायु र दलितमा बलबहादुर दमाई निर्विरोध हुने भएका हुन् । हिजो उम्मेदवारी दिनेहरूलाई आउँदो पुस २ गते सम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । महासमिति सदस्यको लागि सर्वसम्मत नभएमा निर्वाचनको लागि करिब एक हजार ४ सय बढी क्षेत्रीय प्रतिनिधिहरूले निर्वाचनमा मतदान गर्ने छन् ।