नेपाली कांग्रेस महासमिति सदस्य निर्वाचनमा आदिवासी जनजाति महिला सदस्य र दलित सदस्य निर्विरोध निर्वाचित

| मंसिर २४, २०८० आइतबार

A A A
A A A

२४ मंसिर, रामेछाप । नेपाली कांग्रेस रामेछापको महासमिति सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । यद्दयपी निर्वाचन समितिले निर्वाचित भएको घोषणा गर्न बाँकी छ । 

 

शनिवार उम्मेदवारी दर्ता गर्ने अन्तिम समय सम्म आदिवासी जनजाति महिला महासमिति सदस्य र दलित सदस्य पदमा १–१  जनाको मात्रै उम्मेदवारी पारेपछि उनीहरू निर्विरोध हुने निश्चित भएको हो । 

 

निर्वाचित हुनेमा कुमारी हायु र दलबहादुर दमाई हुन् । आगामी पुस ६ गते मतदान हुने मिति सार्वजनिक गरेको नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागि २१ जनाको उम्मेदवारी दर्ता भएको छ । जसबाट ११ जना निर्वाचित हुने छन् ।

 

भने, महासमिति सदस्यको लागि सर्वसम्मत नभएमा निर्वाचनको लागि करिब एक हजार ४ सय बढी क्षेत्रीय प्रतिनिधिहरूले निर्वाचनमा मतदान गर्ने छन् ।