सुनापतिमा पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पशुपति माविलाई

| मंसिर २५, २०८० सोमबार

A A A
A A A

२५ मंसिर, रामेछाप । सुनापतिमा ‘पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको’ उपाधि पशुपति माविले जितेको छ । उसले पालिका भित्रका ९ वटा माविलाई पछि पार्दै उपाधि जितेको हो । 

 

गएको शनिवारदेखि पालिकाको वडा नं ३ हिलेदेवी साँदीडाँडामा भएको खेलमा नौ वटा माविलाई पछि पार्दै पशुपति माविले प्रथम हुँदै नगद २० हजार सहित शिल्ड, ट्रफि मेडल र प्रमाणपत्र हासिल गरेको सुनापति खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘९ टिमलाई पछि पार्दै पशुपति माविले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै विजयी हासिल गर्‍यो ।’ 

 

त्यस्तै मावि मन्दरले ५ स्वर्ण १ रजत र ३ कास्य पदक जित्दै दोस्रो बनेको छ । उसले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको केसीले जानकारी दिए । विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नगद सहित पुरस्कार प्रदान गरे । 

पालिकाका अध्यक्ष ठुलो कान्छ तामाङ उपाध्यक्ष गीता विष्ट र प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीसहितको उपस्थिति रहेको रनिङ शिल्डमा संविधान सभा सदस्य पार्वती थापाको विशेष आतिथ्यता रहेको थियो । भलिबल, कबड्डी र एथलेटिक्स विधाका खेलमा प्रतिस्पर्धा गराइएको सो तीन दिने रनिङ शिल्डमा १० वटा माविका झण्डै २ सय ४० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

 

सो प्रतियोगितामा कृष्ण वर्णेश्वर माविले ३ स्वर्ण, ३ रजत र २ कास्य पदक जीतै तेस्रो भयो । उसले नगद १० हजारमा चित्त बुझाएको छ । भने, जिल्लाकै नमुना माविको नामले परिचित डहू माविले ३ स्वर्ण, १ रजत र ३ कास्य पदक जिदै चौथो स्थानमा सीमित बनेको छ । 

तस्बिर स्रोतः पालिकाको फेस्बुक ।