रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघलाई ‘नेफ्स्कून’ले उत्कृष्ठ घोषण सहित सम्मान गर्‍यो

| पुस ८, २०८० आइतबार

A A A
A A A

 ८ पुस, रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड सम्मानित भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कूनको) ३६ औँ स्थापना दिवस एवं ३२ औँ वार्षिक साधारण सभाको अवसरमा शनिबार राजधानीमा आयोजित एक भव्य समारोहमा संघ सम्मानित भएको हो । 

 

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल र प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा (पिएचडी) ले हस्ताक्षर गरेको सम्मान पत्र भव्य समारोहका बिच रामेछाप जिल्ला बचत संघ लि.का अध्यक्ष जगन्नाथ दाहाललाई प्रदान गरेका हुन् । साथै संघका अन्य पदाधिकारी तथा कर्मचारीहरू समेत सम्मानित अवसरमा उपस्थिति थिए । 

देशभरिका सहकारी सङ्घहरूबाट उत्कृष्ठ सम्मान पाएपछि रामेछाप बचत तथा ऋण सहकारीका अध्यक्ष दाहालले सबैलाई धन्यवाद दिए । 

 

सम्मानित पत्र हेर्नुहोस् 

सबै तस्बिर स्रोत रामेछाप जिल्ला बचत संघको सचिवालय ।