लगातार तेस्रो पटक ‘रनिङ शिल्ड’ जित्दै मन्थली माविले ‘कब्जा’ गर्‍यो मन्थली नगरको शिल्ड, भलिबलमा सालु उत्कृष्ट

| पुस ८, २०८० आइतबार

A A A
A A A

८ पसु, रामेछाप । मन्थली नगरपालिका स्तरीय ‘छैटौँ राष्ट्रपति रनिङ शिल्ड’को उपाधि यो वर्ष पनि मन्थली माविले जितेको छ । २१ वटा माविलाई पछि पार्दै लगातार तेस्रो पटक उपाधि जितेसँगै मन्थली माविले ‘रनिङ शिल्ड’ समेत आफ्नो कब्जामा पार्न सफल भएको छ । 

 

गए शुक्रवारदेखि मन्थली वडा नं १ स्थित नागकन्या मावि र जिल्ला समन्वय समितिको खेल मैदानमा सुरु भएको अन्तर माद्यामिक विद्यालय स्तरीय रनिङ शिल्डमा कूल ६६ वटा स्वर्ण मध्य सबै भन्दा धेरै ७४ पदक आफ्नो पक्षमा पार्दै जिल्ला सदरमुकाम स्थित नमुनाको लागि अग्रसर मन्थली माविले उपाधि चुमेको हो । 

 

१४ वटा वडाका कूल २२ वटा माविका करिब ७ सय छात्रा छात्रले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उसु र करातेमा प्रतिस्पर्धा गरेका थिए । नगरपालिका स्थापना देखिनै निरन्तर नतिजा आफ्नो पक्षमा पार्दै आएको मन्थली माविले यो वर्ष शिल्डसंगै नगद २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र जितेको छ । 

विजेता खेलाडीहरूलाई बागमती प्रदेशका सांसद एवं नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठ र नगर प्रमुख लव श्रेष्ठले उपप्रमुख ईश्वरी बस्नेत सहितको उपस्थितिमा पुरस्कार प्रदान गरे । निजी तथा सामुदायिक विद्यालयहरूको निकै रोचक कडा प्रतिस्पर्धामा मन्थली बजार भित्रकै दुई निजी विद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । सरकारी क्षेत्रको मन्थली माविको दबदबामा पर्दै आएका तामाकोशी बोर्डिङ स्कुल दोस्रो र कर्कला देवी बोर्डिङ स्कुल (केब्स) तेस्रो भएका हुन् । 

 

जसमा तामाकोशी बोर्डिङले कूल ६७ पदक जित्दै दोस्रो बनेर नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र जितेको छ । भने, स्वर्ण सहित २३ पदक आफ्नो पक्षमा पार्दै केब्स तेस्रो बनेको छ । पछिल्लो समय प्रविधिको उच्चतम प्रयोगलाई जोड् व्यवहारिक जोड् दिएको केब्सले नगद १० हजार ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

 

भलिबल तर्फ सालु उत्कृष्ट

२२ मावि मध्य १० वटा विद्यालयले भलिबल तर्फ भाग लिएका थिए । जसमा रनिङ शिल्ड समेत आफ्नो पक्षमा मार्न सफल भएको मन्थली माविलाई पछि पार्दै वडा नं ४ सालुको टिमले हराएको छ । 

 

जिससको मैदानमा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा मन्थली माविलाई पछि पार्दै सालुले भलिबल तर्फको स्वर्ण जितेको हो । 

 

त्यस्तै मन्थली नगरपालिकाको बजारी क्षेत्र भन्दा बाहिरको विद्यालय मावि हर्रेचिण्ड फुलासी वडा नं १३ ले तेस्रो स्थान हासिल गर्दै दर्शकको मन जितेको छ । 

 

कुन विद्यालयले कति स्वर्ण जिते ।