जिल्ला समन्वय समितिले स्थानीय तहमा वित्तीय सुशासन कायम गर्न जनप्रतिनिधि र कर्मचारीलाई दियो अभिमुखीकरण

| पुस ९, २०८० सोमबार

A A A
A A A

९ पुस, रामेछाप । जिल्ला समन्वय समिति (जिसस) रामेछापले स्थानीय तहका कर्मचारीलाई वित्तीय सुशासन जोखिम मूल्याङ्कन सम्बन्धि एक दिने अभिमुखीकरण गराएको छ । 

 

बागमती प्रदेश, प्रदेश सुशासन केन्द्र जाउलाखेल ललितपुरको सहयोगमा (जिसस) ले आइतबार आफ्नै सभा हलमा जिल्लाका सबै स्थानीय तहका कर्मचारीहरूलाई डाकेर सुशासन कायम गर्ने विविध विषयमा सचेतना गराएको हो । 

 

जिसस प्रमुख चिना खड्का (कार्की) ले उपप्रमुख प्रेस सागर थापा सहित स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई पछिल्लो समय देश भरी बढेको भ्रष्ट्राचार बारेमा चर्चा गर्दै जिल्लाका स्थानीय तहमा भने सुशासन कायम गर्न सबैले लाग्नु पर्नेमा जोड् दिइन् । 

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की (थापा), गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महत, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सहित विभिन्न स्थानीय तहका लेखा फाँटका कर्मचारीहरूको उपस्थितिमा भएको कार्यक्रममा प्रदेश सुशासन केन्द्रका कर्मचारीले सुशासन स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरूले कायम गर्नु पर्ने र त्यसको जोखिम समेत मूल्याङ्कन सहज ढङ्गले गर्नु पर्ने बारे अभिमुखीकरण गराएका थिए । 

 

सो अवसरमा बोल्दै जिसस प्रमुख खड्काले भनिन् ‘जस्तो सुकै परिस्थिति भए होस् । तर, कर्मचारी र जनप्रतिनिधिले सुशासनलाई कायम गर्दै समृद्धिको दीगो यात्रालाई कुनै कमी नराखी अगाडि बढ्नु पर्छ’, उनले थपिन् ‘यदि कसैले गलत गर्छ भने त्यो हामी सबैले एक न एक दिन बाहिर ल्याएरै छाड्छौँ, ल्याउनु पर्छ। र, राज्यको एक रुपैयाँ पनि हिना मिना गर्न दिनु हुँदै न ।’

 

जनप्रतिनिधिले जनताको काम गर्न खोज्दा नीति नियम भन्दा बाहिर गएर पनि गर्न खोज्ने तर्क गर्दै कर्मचारीहरूले त्यसलाई सही तरिकाले गर्नु पर्नेमा जोड् दिइन । ‘जनप्रतिनिधि त, काम गर्न खोज्छन् । उनीहरूलाई सबै कुराको जानकारी नहुन स्वाभाविक हो । तर, कर्मचारीले त्यसलाई मिलाएर लैजानु पर्छ ।’

 

जिल्लाका विभिन्न स्थानीय तहहरूमा विकासको नाममा मन लाग्दी गर्ने गरिएको भन्दै अव जिसस ती कुरालाई रोक्न लाग्ने बताउँदै सबै स्थानीय तहमा समेत कार्यक्रम गर्न लागेको समेत जानकारी दिइन् । नेपाली काँग्रेसकी नेतृ समेत रहेकी खड्काले स्थानीय तहमा हुने सबै गतिविधिलाई नजिकबाट बुझ्ने गरी आफूहरूले स्थानीय तहमा चरणबद्ध तरिकाले कार्यक्रम गर्न लागेको बताउँदै त्यसको तयारी समेत पुरा भएको जानकारी दिइन् । 

 

त्यस्तै उपप्रमुख प्रेम सागर थापाले पनि सुशासन बिना राज्यको विकास सम्भव नरहेको भन्दै सबैले त्यसको पालाना गर्नु पर्नेमा जोड् दिए । उनले सुशासन कायम गर्न बहानामा केही नगरी बस्ने छुट कसैसँग नरहेको दोहोर्‍याउँदै आइ पर्ने समस्याहरूलाई मूल्याङ्कन गर्दै बजेटको सही सदुपयोग गर्नु पर्नेमा जोड् दिए । 

 

स्थानीय तहमा तल उल्लेखित मितिमा कार्यक्रममा हुने ।

स्रोत जिसस रामेछाप ।