रामेछापमा नेवाः देय दबूले भव्य कार्यक्रमबिच मनायो यमाेरी पूर्णिमा, १५ दिने ‘धिमे बाजा’ प्रशिक्षण सुरु

| पुस १०, २०८० मंगलबार

A A A
A A A

१० पुस, रामेछाप । नेपाल संवत् (ने.सं).११४४ थिंलाथ्व पुन्हिको अवसरमा रामेछापमा नेवार समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । जातीय परम्परा अनुसार खानाका परिकार सहित मनोरञ्जनात्मक र रचनात्मक तरिकाले पुनही पर्व मनाएका हुन् । 

 

मङ्गलवार आज उँधौली पर्वको अवसरमा नेवा: देय दबू, जिल्ला कार्य समितिको आयोजनामा तीनलाल पार्कमा एक कार्यक्रमको आयोजना गरी संस्था सञ्चालन सहित १५ दिने ‘धिमे बाजा’ प्रशिक्षण कार्यक्रम समेतको उद्घाटन गरिएको नेवा: समुदायका व्यवसायी समेत रहेका प्रमोद श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ सहितको उपस्थितिमा बागमती प्रदेशका पाँच जिल्लाका अध्यक्ष, सचिव सहित जिल्ला कार्यसमितिका पदाधिकारीहरू समेत सम्मेलित यमरी पूर्णिमामा नेवा: समुदायका विगतका कार्यक्रमहरूलाई सहयोग गर्नेहरूलाई सम्मान समेत गरिएको श्रेष्ठले जानकारी दिए  । जातीय पहिरनमा सजिएका उनीहरूले सो अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । 

यस अगाडि मन्थली नगरपालिकाले नेवा: खल रामेछापलाई विभिन्न जातीय बाजा गाज, मादल प्रदान गरेको थियो ।

 

भने, विभिन्न सांस्कृतिक तथा र्‍याली, प्रदर्शनीमा समेत नेवा: समुदायले आफ्नो सांस्कृतिक पहिचान प्रदर्शन गर्दै आएको छ । सोही विषयलाई ध्यानमा राख्दै नेवा: देय दबू, जिल्ला कार्य समितिले धिमे बाजा प्रशिक्षण समेत नेवा: देय दबू, केन्द्रीय समितिकी महिला उपाध्यक्ष रस्मिला प्रजापतिबाट प्रशिक्षण गराउन थालेको प्रमोदको भनाई छ । 

हेडलाईन संशोधन गरिएको छःस

तस्बिर सबै प्रमोद श्रेष्ठ ।