गोकुलगंगामा ‘चौथो राष्ट्रपति रनिङ शिल्ड’को उपाधि शारदा मावि ठोसेले उचाल्यो

| पुस ११, २०८० बुधबार

A A A
A A A

११ पुस, रामेछाप । गएको शनिवारदेखि शारदा मावि ठोसेको खेल मैदानमा पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले उद्घाटन गरेर सुरु भएको ‘चौथो’ अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा मावि ठोसे वडा नं २ ले जितेको छ । 

 

पालिका भित्रका ७ वटा माविको सहभागिता रहेको प्रतियोगितामा ६ वटा माविलाई पछि पार्दै शारदा माविले उपाधि जित्न सफल भएको हो । उसले ७ स्वर्ण, ९ रजत र ४ कास्य पदक गरी कूल २० पदक जित्तै शिल्ड उचालेको हो । 

 

सातै स्वर्ण, ६ रजत र ७ कास्य पदक गरी २० वटै पदक जितेको जन जागृत मावि वडा नं ४ बेताली दोस्रो बन्दा ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक गरी १३ पदक सहित गोकुलगंगा मावि वडा नं ३ रस्नालु तेस्रो बनेको छ । 

 

जट्टेश्वरी मावि वडा नं १ चुचुरे ४ स्वर्ण, २ रजत र १० कास्य सहित चौथो बन्यो । भने, कमलादेवी माविले ११ पदक, माध्यमिक विद्यालय फर्पु वडा नं ६ ले कूल ५ र सेवी देवी मावि वडा नं १ चुचुरेले कुल ३ पदक जितेको आयोजकले जनाएको छ । 

विजेता खेलाडीहरूलाई पालिका अध्यक्ष दिनेश, उपाध्यक्ष उषादेवी कार्की, वडा अध्यक्षहरूसहितको उपस्थितिमा सोही पालिका घर भएका सङ्घीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले पुरस्कार  सहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरे । खेल मंगलबार सकिएको हो । 

 

पालिकाको कूल साँढे ६ लाख रुपैयाँ लागतमा संचालित राष्ट्रपति रनिङ शिल्डमा खेलमा सहभागी प्रत्येक विद्यालयलाई छुट्टै नगद प्रदान गरिएको पालिकाका शिक्षा अधिकृत नरेन्द्र सिंह भण्डारीले रामेछाप टाइम्सलाई बताए । ‘विजेता खेलाडीलाई हामीले नगद पुरस्कार बाहेकले सम्मान गर्‍यौँ ।’