रामेछापको हल्देमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा तामाङको ज्यान गयो

| पुस ११, २०८० बुधबार

मृतक तामाङ । तस्बिर सामाजिक संजाल ।
A A A
A A A

११ पुस, रामेछाप । रामेछापको हल्देमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जनाको ज्यान गएको छ । 

 

लिखु तामाकोशी गाउँपालिका वडा नं ४ कोटगाउँ घर भएका ५७ वर्षीय कमलबहादुर तामाङको उपचारको क्रममा सदरमुकाम मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । 

 

धोबीबाट मन्थली तर्फ आउँदै गरेको तामाङ आफैले चलाएको बागमती प्रदेश ०२–०३४ ख ४१८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएपछि उद्धार गरी उनका आफन्ती पर्नेले मन्थली ल्याएका थिए ।

 मृतक तामाङको शव, शव बहानमा राखेर मन्थली अस्पताल लैजादै गर्दा । तस्बिर मिलन घिमिरे ।
 

‘आफन्तीले उद्धार गरेर ल्याउनु भएको रहेछ । तर, बचाउन सकिएन’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शैलेन्द्र खड्काले रामेछाप टाइम्ससंग भने ।  

 

अहिले मृतक तामाङको शव पोस्ट मार्टमको लागि मन्थली अस्पताल लगिएको छ ।