जिल्ला ट्राफिक रामेछापले दुर्घटना न्यूनीकरण गर्न चालकहरूको निःशुल्क स्वास्थ्य जाँच गर्‍यो

| पुस १४, २०८० शनिबार

A A A
A A A

१४ पुस, रामेछाप । सवारी दुर्घटना न्यूनीकरणमा जोड् दिँदै सचेतना मूलक कार्यक्रमलाई तीव्रता दिई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । 

 

जिल्ला ट्राफिक (जि.ट्रा) प्रमुख दीपक चौलागाई सहितको टोलीले हाल सञ्चालित (जिट्रा) को कार्यालय परिसरमा शनिवार बिहान ७ : ३० बजे देखि ९ : ३० बजे सम्मको साना तथा ठुला गाडीका ६० जना चालकहरूको स्वास्थ्य चेक जाँच गरिएको जिट्राले जनाएको हो । 

 

स्वास्थ्यमा आएको समस्याले गर्दा दुर्घटना हुन सक्ने सम्भावनालाई मध्य गर्दै चालकको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको जनाइएको छ । 

 

शुभम् पोलिकिल्निक्स तथा दिपसन फार्मेसी मन्थलीसँगको सहकार्यमा उनीहरूको चेक जाँच गरिएको हो । पछिल्लो केही समय यता जिट्राले दुर्घटना न्यूनीकरण गर्नको लागि विद्यालय स्तरमा सचेतना, चालक, पैदल यात्रीलाई सचेतना, ट्राफिक जाँचमा कडाइ लगायतका कार्यक्रमलाई प्राथमिकता सहित लागू गर्दै आएको छ । 

 

जिल्लाका भित्रने मुख्य नाकाहरुमा समेत कडाइ गर्दै सदरमुकाम सहितका बजारहरुमा ट्राफिक अवस्थालाई चुस्त र कडाइ गरिएको जिट्राले जनाएको छ ।