नेविसंघ रामेछाप प्रदेश ‘क’ को सभापतिको जिम्मेवारी टिका कार्कीलाई

| पुस १६, २०८० सोमबार

A A A
A A A

१६ पसु, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछाप प्रदेश ‘क’ को सभापतिको जिम्मेवारी टीका कार्कीले जिम्मेवारी दिएको छ ।

 

कार्कीलाई सोमबार फर्पुमा भएको नेपाली काँग्रेसको राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रमको अवसरमा संघका जिल्ला सभापति विनोद बुढाथोकीले अध्यक्षको जिम्मेवारी सुम्पिएको पत्र प्रदान गरेका हुन् । 

 

सो अवसरमा नेपाली काँग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) सहित पार्टीका सबै तहका नेता कार्यकर्ता उपस्थित थिए । 

 

नेविसंघ सभापति बुढाथोकीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ‘संघको विधान २०२७ (छैठौ संशोधन २०७६) मा रहेको प्रावधान अनुसार तपाईँलाई नेविसंघको रामेछाप जिल्ला प्रदेश क को अध्यक्ष पदमा मनोनीत गरेको छु ।’