रामेछाप सुनापति गाउँपालिकाले प्रधानमन्त्री `प्रचण्ड´ आउने दिन सार्वजनिक बिदा दियाे

| पुस १७, २०८० मंगलबार

प्रधानमन्त्री प्रचण्ड, तस्बिर फाइल ।
A A A
A A A

१७ पुस, रामेछाप । आउदो बिहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न आउने भएपछि सुनापति गाउँपालिकाे सार्वजनिक बिदा दिएकाे छ । 

 

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले मंगलबार आज एक पत्र जारी गर्दै `बिहीबार प्रधानमन्त्री प्रचण्ड भवन समुद्घाटनमा आउने भएकाले उक्त दिन यश कार्यालय अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा स्थानीय बिदा´ दिइएको उल्लेख गरेका हुन् । 

 


प्रधानमन्त्री प्रचण्ड आउने भएसंगै प्रशासकीय तथा व्यवस्थापकीय कामलाई तीव्रता दिएकाे पालिका अध्यक्ष ठुलाे कान्छ तामाङले साेमबार रामेछाप टाइम्सलाई बताएका थिए ।