वृहत् रामेछाप महोत्सवको तयारी यसरी हुँदै, प्रमोद खरेल देखि यी कलाकार आउने ?

| पुस १८, २०८० बुधबार

A A A
A A A

१८ पसु,रामेछाप । बागमती प्रदेशका मुख्य मन्त्री शालिक राम जम्कट्टेलले आउँदो पुस २६ गते उद्घाटन गर्ने ‘वृहत् रामेछाप महोत्सव’मा मन्त्री देखि नेपालका चर्चित व्यवसायीलाई निमन्त्रणा गरिएको छ । महोत्सवको तयारी स्वरूप मन्थली बजारलाई सिँगार्ने, स्टल व्यवस्थापन गर्ने, कृषि सामाग्री लगायतका सामाग्रीलाई संकलन गर्ने काम धमाधम भइरहेको छ । 

 

आयोजक रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष सहितको टिमले सोमबार संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री सुदन किराँती र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई छुटा-छुटै भेट गरी महोत्सवको निमन्त्रणा दिएको संघका महासचिव कुमार श्रेष्ठले जानकारी दिए । 

जिल्ला भित्रको कृषि उपज, हस्ताकलाका सामाग्री, स्थानीय परिकार, जातीय परम्परा, संस्कार, संस्कृतिको प्रवर्द्धन गर्नका लागि ११ दिन सम्म चलाउन लागिएको भव्य कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको हो । 

 

आयोजकले महोत्सव सञ्चालन गर्न जिल्लाका सबै स्थानीय तहसंगसहित प्रदेश र संघ सरकारसँग समेतको समन्वय गरिरहेको जनाएको छ । यहाँका लोपनमूख हायु, थामी, सुनुवार, नेवार, शेर्पा, तामाङ सहितका जातजातिका भेषभूषा, परिकार, संस्कार, संस्कृतिको प्रचारप्रसारलाई उत्तिकै महत्त्व दिएर ‘पालिका स्तरीय लोक दोहोरी प्रतियोगिता’ समेतको प्रतिस्पर्धा गराएर मनोरञ्जनात्मक बनाउने तयारी आयोजकको रहेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवीन कुमार थापा मगरले जानकारी दिए । 

 

मन्थली स्थिति जिल्ला समन्वय समितिको पछाडिको मैदानमा माघ ७ गते सम्म चल्ने महोत्सवमा मनोरञ्जन दिन आउने राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको समेत आयोजकले सार्वजनिक गरेको छ । 

आयोजकका अनुसार महोत्सवमा प्रमोद खरेल, रामकृष्ण ढकाल, राजु परियार, ज्योति मगर, राम्जी खाँन, प्रति आले, सरोज लामिछाने कार्यक्रममा आउने छन् । 

 

त्यस्तै रामेछाप घर भएर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कुमार कार्की, राम कुमार नेपाली, प्रकाश कटुवाल, सान्ध्या सानु घताने, बैरागी मोक्ता, कल्पना सुनुवार, रामकुमार कार्की, तीर्थ विरक्त पाख्रिन लगायतका अन्य कलाकारहरू पनि महोत्सवमा मनोरञ्जन दिन आउने छन् ।

 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार