प्रधानमन्त्रीसँग रामेछापको विकास बजेट बढाउन माग गर्दै सांसद कान्छाराम भने ‘तपाई जत्तिको प्रधानमन्त्री हुँदा पनि यहाँको विकास भएन भने कहिले हुन्छ’ (भिडिओ)

| पुस २०, २०८० शुक्रबार

A A A
A A A

२० पुस, रामेछाप । रामेछापबाट निर्वाचित सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछापको विकास बजेट बढाइदिन प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । अब बन्ने आगामी आर्थिक वर्षको बजेटमा रामेछाप जिल्लाको समग्र विकास बजेटलाई प्राथमिकता दिएर धार्मिक तथा पर्यटकीय स्थलहरूका सडकहरूलाई कालोपत्रे र सहज रूपमा गाडी चल्न सक्ने बनाउने गरी बजेट बढाइदिनु पर्ने उनको माग छ । 

 

बिहीबार सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रम बोल्दै सांसद तामाङले प्रधानमन्त्रीलाई जिल्लामा हाल प्रदेश र संघीय सरकारको बजेटबाट सञ्चालित योजनाको बारेमा सुनाउँदै यी योजनालाई पूरा गर्न र थप वृहत् नयाँ योजनाहरूको लागि बजेट छुटाइदिन माग गरे । 

 

सांसद तामाङले भने ‘पानीघाट–गाल्वा सडक कालो पत्रे, दोरम्बा शैलुङ गाउँपालिका र काभ्रे जोड्ने सडक, खाँडादेवी गाउँपालिका वडा नं १ देखि खाँडादेवी मन्दिर सम्मको १३ किलो मिटर सडक कालो पत्रे गर्नको लागि आर्थिक वर्ष ०८१ को बजेट छुट्याइ दिनु होला प्रधानमन्त्री ज्यू, ।’

 

गाल्पाबाट १२ किलो मिटर सहिद पार्क सम्म ४८ करोड बजेट व्यवस्थापन गर्न मैले फाइल बोकेर संघीय अर्थ मन्त्री ज्यूलाई समेत भनेको छु ‘मैले (निवेदन) पनि लिएर आएको छु’ तपाइले पनि तोक लाइदिनु भयो भने यो काम हुन्थ्यो ।’

 

जिल्लाको विकास हाल सम्म पनि हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै ‘तपाई जत्तिको प्रधानमन्त्री हुँदा पनि रामेछाप विकास भएन भने कसको पालामा भएको हेर्ने ?’

 

दोरम्बाको जङ्गलमा द्वन्द्व कालमा हिँडेको समेत स्मरण गराउँदै प्रचण्डलाई दोरम्बाका ती जङ्गलमा विकास गर्न बजेट हाल्न दोहोर्‍याए । 

नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका कान्छारामले फरक प्रसङ्गमा गठबन्धनलाई निरन्तर लान आग्रह गर्दै राष्ट्रिय सभा निर्वाचनलाई लिएर गलत निर्णय नगर्न समेत सचेत गराए । ‘ढोक्सा थाप्ने काम हुन थालेको छ। त्यो ढोक्सा थाप्ने र ढोक्सा तिर नलाग्नुस् हामी बिग्रिदै नौ तपाईँहरू बिग्रिने हो । ढोक्साका कार्यक्रमलाई बन्द गर्नुहोस् ।’

 

उनले एमाले सकारले देशको अर्थतन्त्र धरापमा पारेको भन्दै अहिलेको सरकारले ऋण तिरी रहेको सुनाए । अर्थ समितिका सदस्य समेत रहेका सांसद तामाङले संघीय संसद्को चियापानमा खर्च हुने ६० लाख बजेट बचाउन सफल भएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिए ।