जिल्ला स्तरीय रनिङ शिल्डमा प्रतिस्पर्धा गर्ने सबै खेलाडीको उमाकुण्ड गाउँपालिकाले बिमा गर्यो

| पुस २०, २०८० शुक्रबार

बिमा पोलिसी फाइल हस्तान्तरण गरिदै ।
A A A
A A A

२० पसु, रामेछाप । आज देखि सुरु भएको ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरूको बिमा गरिएको छ । यस अगाडि खेलमा भाग लिने खेलाडीहरूको गोकुलगंगा गाउँपालिकाले पनि निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । 

 

रनिङ शिल्ड सह–आयोजक उमाकुण्ड गाउँपालिकाले खेल अवधि भरको लागि कुनै भवितव्य आउन सक्ने सम्भावनालाई लक्षित गरेर एन एल जी बिमा कम्पनीमा खेलाडी, प्रशिक्षक गरी  ८ सय ३३ जना खेलाडीहरूको बिमा गराएको जारी उद्घाटन खेलमा कार्यक्रम सञ्चालकले जानकारी दिए । 

 

कार्यक्रम सञ्चालक जितनारायण श्रेष्ठले भने ‘यो अवधिभर कुनै खेलाडी, सञ्चालक प्रशिक्षकहरू कोहीमा भवितव्य भएमा पालिकाले १ लाख बराबरको बिमा गरेको हो ।’  

 

बिमा खेल अवधिभर कायम रहने बिमा पोलिसी उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संयुक्त रूपमा आयोजक सरोज गाहा मगरलाई उमाकुण्ड पालिका अध्यक्ष शेरबहादुर सुनुवारको उपस्थितिमा हस्तान्तरण गरे । 

 

योसँगै आजदेखि प्रितीमा सुरु भएको रनिङ शिल्डमा घाइते भए, चोट पटक लागेमा वा अन्य केही भएमा बिमा मार्फत सेवा पाउने भएका छन् ।

 

 

तीन दिन सम्म चल्ने रनिङ शिल्डको उद्घाटन अहिले जारी छ ।