रामेछापकाे उमाकुण्ड गाउँपालिका प्रितीमा सुरु भयो ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड, सदस्य सचिव घिसिङले गरे उद्घाटन

| पुस २०, २०८० शुक्रबार

A A A
A A A

२० पुस, रामेछाप । ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उमाकुण्डको प्रितीमा आज शुक्रवारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति (जिखेस) का अध्यक्ष सरोज गाहा मगरको अध्यक्षता र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा खेल सुरु भएको छ । भने, संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) जिल्ला समन्वय समिति (जिसस) प्रमुख चिना खड्का (कार्की), आठ वटै पालिका अध्यक्ष, उपाधक्षहरूको समेत सहभागिता थियो । 

 

जिखेसको आयोजना र उमाकुण्ड गाउँपालिकाको सह–आयोजनामा तीन दिने रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा विभिन्न विधामा करिब १५ सय विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन् । 

 

रनिङ शिल्डकाे राखेप सदस्य सचिव घिसिङले उद्घाटन गरे । 

पहिलो दिने आज उद्घाटनसँगै स्काउट ट्रुप टिमले मार्च पास प्रदर्शन गरेका छन् । ६४ वटा स्वर्णको लागि यो रनिङ शिल्डमा ८ सय ३३ विद्यार्थी खेलाडीले मैत्र पूर्ण प्रदर्शन गर्ने छन् ।

 

कार्यक्रम उद्घाटनमा बोल्दै उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवार (मुलिचा) ले उमाकुण्ड गाउँपालिका अझै पनि पालिकाबाटै प्राप्त गर्ने सक्ने विभिन्न सेवा लिन मन्थली आउनु परिरहेको सुनाउँदै संघीय सांसद पूर्णबहादुर तामाङ कान्छारामको ध्यानाकर्षण गरे । उनले स्थानीय तहबाट प्रवाह हुन सक्ने र इलाका प्रशासनलाई थप चलायमान बनाउन भूमिका खेलिदिन जोड् दिए ।

अध्यक्ष सुनुवारले तीन दिन सम्म रनिङ शिल्ड सञ्चालन गर्दै गर्दा उमाकुण्डले यहाँको धार्मिक, सांस्कृतिक, परम्परागत, जात जातीय र रहन सहनलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्न पाउनाहरुलाई आग्रह गरे । सबैले अनुशासित बनेर खेल खेल्न जोड् दिँदै अध्यक्ष सुनुवारले राखेप सदस्य सचिव घिसिङलाई समेत गृह जिल्लाको भित्र खेलकुदलाई तीव्रता दिन माग गरे ।