उमाकुण्ड विकट हैन विकसित हुँदै छ, आउँदो वर्ष पालिका सम्मै कालो पत्रे सडक बनाउन बजेट ल्याउँछु–सांसद ‘कान्छाराम’ (भिडिओ)

| पुस २१, २०८० शनिबार

A A A
A A A

२१ पुस, रामेछाप । सांसद पूर्णबहादुर तामाङ कान्छारामले उमाकुण्ड विकट नभई विकसित भएको बताएका छन् । उनले भने ‘उमाकुण्ड गाउँपालिका विकट हैन विकसित हुँदै छ । यहाँ प्रशस्तै विकासको कामहरू आएको छ ।’ पालिकालाई विकाससँग जोड्न आफूले सक्दो बजेटको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।

 

११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै शुक्रवार साँझ प्रितीमा सांसद तामाङले यस्तो बताएका हुन् । 

 

उनले आफूले पालिकालाई विकाससँग जोड्न र विकासका काम अगाडि बढाउनको लागि २० करोड बजेट कालो चौताराको कालोपत्रे देखि गचेप्टे–बञ्चरे सडक कालो पत्रेको काम धमाधम भइरहेको सुनाउँदै ‘यो वर्ष २० करोड काम हुँदै छ । आगामी आर्थिक वर्ष ०८१ को बजेटमा थप बजेट व्यवस्था गरेर पालिका सम्म जोड्ने काम गर्छु ।’ 

 

 

नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका सांसद तामाङले यो वर्ष खेलकुद क्षेत्रको लागि बजेट छुटाउन नसकेको स्वीकार गर्दै आगामी आ.व.मा ६४ वटै वडाको खेलकुदको लागि बजेट ल्याउन पहल गर्ने बचन दिए । 

 

विकास सबै तिर सम्मान रूपले ल्याउने धारणा राख्दै उमाकुण्ड गाउँपालिकाले खेलकुद मैदान निकै राम्रो बनाएमा प्रशंसा गरे । ‘यो पालिकाले निकै राम्रो खेल मैदान बनाएको छ । आगामी दिनमा यसलाई थप चलायमान बनाउन राखेप र मैले पनि बजेट व्यवस्थापन गर्छु ।’