जिल्ला स्तरीय रनिङ शिल्डः मार्च पासमा रामेछाप नगरपालिका प्रथम, उमाकुण्ड दोस्रो, मन्थली तेस्रो

| पुस २१, २०८० शनिबार

A A A
A A A

२१ पुस, रामेछाप । हिजो शुक्रवारदेखि उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा सुरु भएको ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनमा प्रदर्शन गरिएको स्काउट ट्रिप (मार्च पास) मा रामेछाप नगरपालिका विजय भएको छ । 

 

आठ वटा स्थानीय तहको सहभागिता रहेको रनिङ शिल्डमा केही स्थानीय तहले भने स्काउट ट्रुप मार्च पासमा भाग लिएका थिएनन् । सहभागी भएका मध्य १०६.५ अङ्क प्राप्त गर्दै रामेछाप नगरपालिका पहिलो भएको हो ।

कार्यक्रम सह–आयोजक समेत रहेको उमाकुण्ड गाउँपालिकाको मार्च पासमा १०२.५ अंकका साथ उमाकुण्ड दोस्रो बनेको उद्घोषक जीत नारायण श्रेष्ठले नजिता घोषणा गरे । 

 

गत वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विजेता समेत रहेको मन्थली नगरपालिकाले १०२ अङ्क प्राप्त गर्दै मन्थली तेस्रो  मार्च पासमा तेस्रो स्थान पाएको छ । 

 

 

आज शनिवार देखि विभिन्न विधामा ८३३ जना खेलाडीहरूले मैत्री पूर्ण प्रदर्शनी गर्दै छन् । तीन दिने रनिङ शिल्डमा जिल्लाको इतिहासमै पहिलो पटक सबै खेलाडीको बिमा समेत गरिएको छ । 

 

यो पनि पढ्नुहोस् 
उमाकुण्ड विकट हैन विकसित हुँदै छ, आउँदो वर्ष पालिका सम्मै कालो पत्रे सडक बनाउन बजेट ल्याउँछु–सांसद ‘कान्छाराम’ (भिडिओ)