मन्थली दुग्ध सहकारी संस्थाको अध्यक्षमा ध्रुव कुमार थापा

| पुस २१, २०८० शनिबार

A A A
A A A

२१ पुस, रामेछाप । रामेछापको मन्थलीमा संचालित मन्थली दुग्ध सहकारी संस्थाको अध्यक्षमा ध्रुवकुमार थापा सर्व सहमतिले चयन भएका छन् । शनिवार मन्थलीमा निवर्तमान अध्यक्ष डुकुना पोख्रेलको अध्यक्षतामा भएको दोस्रो अधिवेशन र पाँचौँ साधारण सभाले यस अगाडि विभिन्न जिम्मेवारीमा काम गर्दै आएका थापालाई अध्यक्षमा चयन गरेको हो । 

 

त्यस्तै उपाध्यक्षमा ज्ञानु खड्का (कार्की), सचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा विष्णु बुढाथोकीलाई सर्व सहमतिले चयन गरेको हो । 

 

१४३ जना दुग्ध उत्पादक किसानहरू सदस्य रहेको सहकारीको सदस्यमा यज्ञ प्रसाद ढुङ्गेल, दीपक कुमार थापा, किशोर पौडेल, लक्ष्मी भुजेल सदस्य बनेका छन् । सोही अवसरमा होतराज ढकालको संयोजकत्वमा प्रकाश घिमिरे र कल्पना श्रेष्ठ सदस्य रहेको दुई सदस्यीय लेख समिति समेत गठन गरेको छ । 

 

साधारण सभाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सचिवको संस्थागत प्रतिवेदन समेत पारित गरेको छ । सहकारीले हाल सम्म २५ लाख ८४ हजार ४४० रुपैयाँको आर्थिक कारोबार गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।