रामेछापको बाम्तिभण्डारमा हाते ट्याक्टरले खेत जोत्ने क्रममा कार्की गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौँ लगियो

| पुस २२, २०८० आइतबार

कार्कीलाई काठमाडौं लैजाँदै गर्दा हेलिकप्टर । स्थानीय मानबहादुर बस्नेत ।
A A A
A A A

२२ पुस, रामेछाप । हाते ट्याक्टरले खेत बारी जोत्ने क्रममा उमाकुण्ड २ बाम्तिभण्डारमा एक जना गम्भीर घाइते भएका छन् । घाइतेको हेलिकप्टर मार्फत उद्दार गरी काठमाडौँ लगिएको छ । 

 

शनिवार दिउँसो अन्दाजी साढे २ बजेको समयमा आफ्नै ट्याक्टर लिएर छिमेकीको खेत जोत्न गएका वडा नं २ को पर्दिङ भन्ने स्थानका कमलबहादुर कार्कीका ५२ वर्षीय छोरा निरकुमार कार्की गम्भीर घाइते भएका हुन् । 

 

‘ट्याक्टर जोत्दै गर्दा झारमा अड्किएर उचाल्ने क्रममा पल्टिएर दुर्घटना हुँदा घाँटी, मुख र छातीमा धेरै चोट लाग्दा अवस्था गम्भीर बनेको हो, बाम्ती प्रहरी चौकीका असई भुवन श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

कार्की गजेन्द्र बस्नेको खेत जोत्दै थिए । घाँटीमा समेत प्वाल परेपछि उनले मुखबाट श्वास फेर्न नसकेपछि बाम्ति स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौँ लगिएको असई श्रेष्ठले जानकारी दिए ।