कबड्डीमा छात्रा छात्र दुवै तर्फ मन्थली नगरपालिका विजेता, उमाकुण्ड तेस्रो

| पुस २२, २०८० आइतबार

A A A
A A A

१७ पुस, रामेछाप ।  उमाकुण्ड गाउँपालिकाकाे केन्द्र प्रितीमा जारी ११ ओै राष्ट्रपति रनिङ शिल्ड छात्रा, छात्र दुवैतर्फकाे कबडी खेलमा मन्थली नगरपालिका विजेता बनेकाे छ । 

 


केही बेर अगाडि सम्पन्न प्रतिस्पर्धामा छात्रा तर्फ रामेछाप नगरपालिकालाई १ अंगले पराजित गर्दै मन्थली नगरपालिकाले जित हाँसिल गरेकाे हाे । मन्थली नगरपालिकाले ४० अंक बनाउदा रामेछाप नगरपालिका ३९ अंकमा स्तब्ध बन्याे । 

 

छात्रा तर्फ आयाेजकका अनुसार सह-आयाेजक समेत रहेकाे उमाकुण्ड गाउँपालिका र खाँडादेवी गाउँपालिका तेस्राे भएका छन् । 

 

त्यस्तै छात्र तर्फ दाेरम्बा शैलुङ् गाउँपालिकाे दाेस्राे भएको छ । भने, उमाकुण्ड गाउँपालिका र रामेछाप नगरपालिका छात्र तर्फकाे कबड्डीमा तेस्रो बनेका छन् । 

 

भाेलि साेमबार सम्म चल्ने प्रतियोगितामा अन्य विधाका खेल जारी छ ।

 

यो पनि पढ्नुहोस।

जिल्ला स्तरीय रनिङ शिल्डः मार्च पासमा रामेछाप नगरपालिका प्रथम, उमाकुण्ड दोस्रो, मन्थली तेस्रो