‘११ औँ जिल्ला स्तरीय रनिङ शिल्ड’ पनि मन्थली नगरले जित्ने पक्का, उमाकुण्ड दोस्रो, रामेछाप तेस्रो

| पुस २३, २०८० सोमबार

A A A
A A A

२३ पसु, रामेछाप । गएको शुक्रवार देखि उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रिती च्यादालुमा जारी ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड यो वर्ष पनि जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका उचाल्ने लगबग पक्का भएको छ । 

 

आइतबार भएको विभिन्न विधाको प्रतिस्पर्धामा मन्थली नगरका खेलाडीहरूले उत्कृष्ट पर्दशन गर्दै सबै भन्दा बढी स्वर्ण हात पर्दै १० औं रनिङ शिल्ड समेत जितेको मन्थली ले लगातार ११ औं रनिङ शिल्डको उपाधि पनि जित्ने निश्चित भएको हो । 

 

पहिलो दिन शनिवारको सह–आयोजक समेत रहेको उमाकुण्ड गाउँपालिकाको अग्रतालाई रोक्दै आइतबार २३ स्वर्ण सहित मन्थली अग्रस्थानमा उक्लिएको हो । 

 

भने, उमाकुण्डले पनि १६ स्वर्ण सहित दोस्रो स्थानमा रहेको प्रशिक्षक शुक्र माझी ‘गुरु’ले सोमबार बिहान रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका १० स्वर्ण सहित पछ्याइ रहेको छ । खेल उद्घाटन मार्च पासमा पहिलो हुँदै खाता खोलेको यो नगरले अन्य विधामा भने केही कमजोर प्रस्तुति देखाउँदा पछि पर्‍यो । 

सोमबार आज रनिङ शिल्डको अन्तिम दिन ३ हजार मिटर दौड, तिर्पल जम् सहित छात्रा छात्र दुवै तर्फ ४ वटा भलिबल खेल हुँदै छ । फाइनल खेल दिउँसो १ बजेको लागि तय गरिएको प्रशिक्षक माझीले जानकारी गराए । 

 

कूल ६६ स्वर्ण सहित ६६ रजत र १०६ कास्य पदकको लागि जिल्लाका आठ वटै स्थानीय तहका ८ सय ३३ जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा भाग लिएका थिए । 

 

विजेता खेलाडीलाई आयोजक जिल्ला खेलकुद विकास समिति र सह–आयोजक उमाकुण्ड गाउँपालिकाले हरेक दिन खेल सकिएपछि प्रमाण पत्र र ट्रफी, मेडल प्रदान गर्दै आएको छ । 

 

सोमबार समापन हुने खेलमा विजेता खेलाडी टिमले ‘शिल्ड’ जित्ने छ । भने, खेलाडीहरूलाई मेडल र प्रमाण प्रदान गरिने आयोजकले भनेको छ । 

 

जिल्लाको इतिहासमै पहिलो पटक खेलाडीहरूको बिमा गराएर खेलाइएको यो खेलमा नगद पुरस्कार राशि भने हाल सम्म सार्वजनिक गरिएको छैन । ‘आयोजकले सकेको गर्ने भनेको छ, तर, सार्वजनिक भएको छैन, उच्च स्रोतले भन्यो ।’  

 

गएको शुक्रवार अपरान्ह्व ४ ३० बजे प्रिती च्यादालु खेल मैदानमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सांसद पूर्णबहादुर तामाङ (कान्छाराम), (जिसस) प्रमुख चिना खड्का (कार्की), आठ वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष सहितको उपस्थितिमा खेल उद्घाटन गरे थिए ।