जिल्ला स्तरीय रनिङ शिल्डः छात्रा तर्फ भलिबलको फाइनलमा उमाकुण्डले गोकुलगंगालाई हरायो

| पुस २३, २०८० सोमबार

रातो जर्सीमा उमाकुण्ड गाउँपालिका छात्राहरुको टिम ।
A A A
A A A

२३ पुस, रामेछाप । जारी ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको छात्रा तर्फ भलिबलमा सह आयोजक समेत रहेको उमाकुण्ड गाउँपालिकाले गोकुलगंगा गाउँपालिकालाई हराएको छ । 

 

 

केही बेर अगाडि प्रिती च्यादालु खेल मैदानमा उमाकुण्डले गोकुलगंगालाई २–१ को सेटमा हराएको हो । दुवै टिमले १–१ सेट जितेर अन्तिम १५ को खेलमा उमाकुण्डले २ अङ्कको अग्रता सहित गोकुलगंगालाई हराएको हो । 

 

गोकुलगंगाको १३ अङ्क बनाउँदा उमाकुण्डले १५ बनाउन सफल हुँदै छात्रा तर्फ स्वर्ण पदक जित्न सफल भयो ।  अहिले छात्र तर्फको खेल फाइनल भलिबल मन्थली नगरपालिका र उमाकुण्ड गाउँपालिका बिच खेल सुरु भएको छ । 

 

सोमबार आज सकिन तीन दिने रनिङ शिल्ड प्रतियोगितामा समापन गर्न बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल मैदान पुगिसकेका छन् । 

 

उनीसंगै पूर्व सांसद एवं नेकपा एसका पोलिटब्युरो सदस्य देवशंकर पौडेल, बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ पनि कार्यक्रम गएका छन् ।