‘११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड’को उपाधि मन्थलीले जित्यो, उमाकुण्ड दोस्रो

| पुस २४, २०८० मंगलबार

A A A
A A A

२४ पुस, रामेछाप । ‘११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । उसले २६ स्वर्ण जितै लगातार दोस्रो पटक उपाधि जितेको हो । उसले सह–आयोजक समेत रहेको उमाकुण्ड गाउँपालिकालाई पछि पार्दै शिल्ड जित्यो । उमाकुण्डले १६ स्वर्ण जित्दै द्वितीय बन्न सफल भयो । मन्थलीले आज बिहान सम्पन्न भलिबलमा पहिलो सेट ३४–३२ दोस्रो सेटे २५–१९ ले जित्यो । निकै रोमाञ्चक खेलमा उमाकुण्डका खेलाडीले दर्शकको मन जित्ने गरी खेलेका थिए । 

विजेता खेलाडीहरूलाई बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले पूर्व सांसद एवं नेकपा एसका पोलिटब्युरो सदस्य देवशंकर पौडेल, प्रदेश सांसद आनन्द कुमार श्रेष्ठ, गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगर सहितको उपस्थितिमा पुरस्कार प्रदान गरे । हिजो सोमबारै कार्यक्रम समापन तथा पुरस्कार वितरणको लागि बागमती प्रदेशका पुगेका थिए । तर, खेलका कार्यक्रम नसकिँदा पुरस्कार वितरण हुन सकेन । 

विजेता खेलाडीहरूले शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

 

गएको २० गते उमाकुण्ड गाउँपालिकाको खेल मैदान च्यादलुमा (राखेप) सदस्य सचिव टंकलाल घिसिङले सांसद पूर्णबहादुर तामाङ कान्छाराम सहितको उपस्थितिमा खेल उद्घाटन गरेका थिए । तीन दिन सम्म तय भएको खेल एक दिन थप हुँदै मंलगबार सकिएको हो । 

आठ वटै स्थानीय तहको सहभागिता रहेको जिल्ला स्तरीय रनिङ शिल्डमा १० वटा स्वर्ण जित्दै रामेछाप नगरपालिका तेस्रो बनेको छ । उसले मार्च पासमा उत्कृष्ठ प्रर्दशन गर्दै खाता खोलेको थियो । तर, अग्रता जोगाउन नसक्दा पछि पर्यो । 

 

त्यस्तै लिखु तामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकाले ४–४ स्वर्ण पदक जितेका छन् । भने, खाँडादेवीले ३, गोकुलगंगाले २ र सुनापतिले १ स्वर्ण जितेको छ । 

 

कूल ६६ स्वर्ण, ६६ रजत र १०६ कास्य पदकको लागि ८६६ जना छात्रा छात्र/खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । भने जिल्ला मै पहिलो पटक सबै खेलाडी, प्रशिक्षक र प्राविधिकहरूको १ लाख बराबरको स्वास्थ्य बिमा उमाकुण्ड गाउँपालिकाले गरेको थियो । 

 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार