मन्थली नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ८ चिसापानीका अध्यक्ष गोपाल श्रेष्ठलाई

| पुस २४, २०८० मंगलबार

A A A
A A A

२४ पुस, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठलाई दिने निर्णय गरेको छ । हिजो सोमबार बसेको २१ औँ कार्यपालिकाको बैठकले नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठलाई नगरको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको मङ्गलवार सार्वजनिक निर्णयमा उल्लेख छ ।

 

 

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा वडा नं १ मा नेपाली काँग्रेस, २ र ३ मा नेकपा एमाले, ४ मा नेपाली काँग्रेस, ५ मा नेकपा एकीकृत समाजवादी, ६ र ७ मा नेपाली काँग्रेस, ८ र ९ मा नेकपा एमाले, १० मा नेपाली काँग्रेस, ११ मा नेकपा माओवादी केन्द्र, १२ मा नेपाली काँग्रेस, १३ र १४ मा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । 

 

नगरमा पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिको डेढ वर्षपछि प्रवक्ता तोकेको हो । नगरको प्रमुखमा समेत चिसापानी नै घर भएका लव श्रेष्ठ निर्वाचित छन् ।