राष्ट्रपति रनिङ शिल्डः आठ स्थानीय तहका विभिन्न विधामा यी खेलाडी उत्कृष्ठ घोषित (नामावलीसहित)

| पुस २४, २०८० मंगलबार

A A A
A A A

२४ पसु, रामेछाप । ‘११ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता मंगलबार सकियो । आठ वटा स्थानीय तहका ८६६ छात्रा छात्रले विभिन्न विधामा उत्कृष्ठ प्रतिस्पर्धा गर्दै कूल ६६ स्वर्ण, ६६ रजत र १०६ कास्य पदक विभिन्न स्थानीय तहले जितेका छन् । रनिङ शिल्ड मन्थली नगरले जितेको छ । उमाकुण्ड गाउँपालिका दोस्रो भन्यो भने रामेछाप नगरपालिका तेस्रो भएको छ । 

यसैबिच जिल्ला स्तरीय रनिङ शिल्डमा भाग लिए उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई आयोजक जिल्ला खेलकुद विकास समिति र सह-आयोजक उमाकुण्ड गाउँपालिका सहित प्रशिक्षक, प्राविधिकहरूले उनीहरूले प्रदर्शन गरेको खेलको आधारमा एक दर्जन बढी खेलाडी उत्कृष्ठ खेलाडी घोषित गरेको छ । 

 

भलिबल, तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, कबड्डी, हाइ जम्, लम्जम्, मार्सल आर्ट लगायतका विधामा उत्कृष्ठ प्रदर्शन गर्दै खेलाडीहरू उत्कृष्ठ घोषित हुँदै पुरस्कृत समेत भएका छन् । उत्कृष्ठ खेलाडीलाई ट्रफि र नगदले उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सम्मान एवं पुरस्कृत गरेका थिए ।

यसरी घोषित हुनेहरुमा निम्नानुसारका खेलाडीहरू छन् । 

भलिबल छात्र तर्फ

उत्कृष्ठ खेलाडी दावा तामाङ उमाकुण्ड गाउँपालिका 

बेस्ट स्पाइकर प्रविन थापा मन्थली नगरपालिका 

बेस्ट लिफ्टर सुरज नेपाली मन्थली नगरपालिका 

बेस्ट डिफेन्स सन्तोष मगर खाँडादेवी गाउँपालिका  

 

भलिबल छात्रा तर्फ

उत्कृष्ठ खेलाडी सुस्मिता सुनुवार उमाकुण्ड गाउँपालिका 

बेस्ट स्पाइकर सरिता थापा गोकुलगंगा गाउँपालिका 

बेस्ट लिफ्टर शिव माया कार्की उमाकुण्ड गाउँपालिका 

बेस्ट डिफेन्स मिनादेवी सुनुवार उमाकुण्ड गाउँपालिका

मार्सल आर्ट छात्रा तर्फ 

निकिता कार्की रामेछाप नगरपालिका 

 

छात्र तर्फ 

उत्कृष्ठ रोशन आले मगर मन्थली नगरपालिका 

 

कराते छात्रा तर्फ

सोनिका बुढाथोकी मन्थली नगरपालिका 

 

छात्र तर्फ

मिलन खपाङ्गी मगर दोरम्बा शैलुङ्ग गाउँपालिका 

 

मार्सल आर्ट तर्फ ‘उसु’ छात्रा

सुकृता सुनुवार उमाकुण्ड गाउँपालिका 

 

उसु छात्र तर्फ 

सूर्य सुनुवार उमाकुण्ड गाउँपालिका 

 

एथलेटिक्स छात्रा तर्फ

कञ्चन श्रेष्ठ खाँडादेवी गाउँपालिका 

 

छात्र तर्फ 

सुनिल थापा मगर मन्थली नगरपालिका 

 

कबड्डी छात्रा तर्फ 

शान्ता हायु रामेछाप नगरपालिका 

छात्र तर्फ 

नीरज माझी मन्थली नगरपालिका 

 

कबड्डी छात्र तर्फ 

बेस्ट रेडर रुपेश माझी मन्थली नगरपालिका

बेस्ट डिफेन्डर आर्यन नेवार मन्थली नगरपालिका 

 

छात्रा तर्फ

बेस्ट रेडर सोनिया श्रेष्ठ मन्थली नगरपालिका 

बेस्ट डिफेन्डर मनिता श्रेष्ठ मन्थली नगरपालिका

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार