रामेछापमा कांग्रेसको क्रियाशिल सदस्य १० हजार नाघे, नयाँ ६ हजार थप

| असार १, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०१ असार,रामेछाप । रामेछाप जिल्लामा नेपाली कांग्रेसको क्रियाशिल सदस्य दोब्बर भएको छ । थपिएका क्रियाशिल सदस्यसहित जिल्लामा कांग्रेसको सदस्यको संख्या १० हजार नाघेको छ । जिल्लाका कांग्रेसका ६ हजार नयाँ क्रियाशिल सदस्यहरु थपिएका हुन् । 

 


मंगलबार पार्टी प्रवक्ता नारायण बहादुर खड्काले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार कांग्रेस रामेछापले १० हजार ८ सय २३ जनाको विवतण केन्द्रमा बुझाएको हो । 'हामीले १० हजार ८ सय २३ जनाको क्रियाशिल सदस्य विवरण केन्द्रमा पाठइसकेयौं खड्काले भने ।' पार्टीको नजिकिएको १४ औं महाधिवेशनलाई ध्यानमा राख्दै जिल्लामा क्रियाशिल सदस्य, पुराना सदस्यहरुको नविकरण गरेर नामावाली पठाइएको उनले बताए ।

 

कोरोना महामारीका बाबजुत् पनि रामेछाप कांग्रेसले बुझाएको यो विवरण जिल्लामै पहिलो पटक विवाद् रहित् ढङ्गाले बुझाउन सकेकोमा प्रवक्ता खड्काले खुसी ब्यक्त गरे । उनले भने-'हामीले यो पटक २०४८ साल यताकै पहिलो पटक विवाद् रहित, अद्भुत् पूर्वक सहमतिमा आएको पहिलो पकट हो । यो क्रियाशिल बुझाउन सफल् भयौ, वडाबाट जस्तरी आयो त्यसलाई सबैले स्वीकार गर्ने गरि आयो, त्यो नामावालीमा कुनै विवाद् भएन यो धेरै खुसीको कुरा हो पवक्ता खड्का भन्छन् ।' 


पुरानो ५७ सय क्रियाशिल सदस्यमा नविकरण विविध कारणले गर्दा ४७ सयको मात्रै भएको उनले जानकारी दिए ।

 

कांग्रेसले केन्द्र हुदै वडा तहसम्म ५ तहाबाट क्रियाशिल सदस्यको छिनोफान गर्दै आएको छ ।  यसअघि केन्द्रि नीति अनुसार कांग्रेसले जिल्लामा कांग्रेसको क्रियाशिल सदस्य दोब्बर बनाउने घोषण गरेको थियो । 

 


कांग्रेसले आउदो भदौ १६ गतेदेखि पार्टीको १४ औं माहधिवेशन गर्दैछ । भदौमै पार्टीको महाधिवेशन भएको अवस्थामा असार र साउनमा वडा, पालिका, जिल्लादेखि प्रदेशसम्मको अधिवेशन गर्ने तयारी कांग्रेसले गरेको छ ।