रामेछापको दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मोक्तानले ‘सिक्दा’ दुर्घटना भएको गाडी मर्मत खर्च झण्डै ६ लाख, पालिकाले भुक्तानी दिने निर्णय

| पुस २६, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

२६ पसु, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले पालिका अध्यक्ष मैनकुमार मोक्तानले पालिकाको आफै चढ्ने गाडी ‘सिक्दा’ भएको दुर्घटनापछि मर्मतको खर्च पालिकाको खाताबाट लाखौँ भुक्तानी गरेको छ । 

 

गएको कात्तिक १ गते पालिका अध्यक्ष मोक्तानले आफै चढ्दै आएको गाडी सिक्ने क्रममा दुर्घटना हुँदा हुँदा ठोक्किन पुगेकी थियो । यद्दयपी अध्यक्ष मोक्तान गाडी दुर्घटनामा ठुलो दुर्घटनाबाट भने जोगिएका थिए । उनलाई चोट, पटक भने लागेको थिएन । 

 

दुर्घटनामा प्रदेश ३–०१–००२ झ ५१०६ को गाडीमा भने क्षति पुगेको थियो । सोही गाडी मर्मत गर्दा पालिकाले रु ५ लाख ५६ हजार ७ सय ३ रुपैयाँ खर्च लागेको बिल प्राप्त भन्दै उल्लेख गर्दै बिल बराबरको भुक्तानी पालिकाबाट दिने कार्यपालिकाले निर्णय गरेको निर्णयमा उल्लेख छ । 

 

यस अगाडि पालिका अध्यक्ष मोक्तानले रामेछाप टाइम्ससंग दुर्घटना बाजा बजाएर नआउने र आफूले चाहेर दुर्घटना नभएको बताउँदै भवितव्यबाट घटना भएको प्रतिक्रिया दिएका थिए । साथै उनले गाडी मर्मत खर्च र दुर्घटनाको विषयलाई लिएर अनावश्यक भ्रम फैलाइएको समेत दाबी गरेका थिए । 

 

त्यस्तै केही दिन अगाडि बसेको गाउँ कार्यपालिका बैठकले बा १ ग ३३२१ स्बरको जेसिभि मर्मत गर्दा भएको १ लाख १८ हजार ३ सय ११ रुपैयाँ बिलको भुक्तानी पनि दिने निर्णय गरेको छ । 

 

पालिकामा प्रमुख प्रशासकीय कृत पद रिक्त रहेकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्न निर्णय गर्दै दैनिक प्रशासनिक काम कारबाही तथा सेवा प्रवाहमा समस्या भएकाले अर्को व्यवस्था नभए सम्मका लागि स्वास्थ्य शाखा प्रमुख नरेस महतो (सि.अ.हे.ब.) लाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने पनि निर्णय गरेको छ । 

 

निर्णय हेर्नुहोस् ।