गोकुलगंगाको १४ औँ गाउँ सभा : हाल सम्म कूल २३.०४ प्रतिशत खर्च, यस्ता छन् महत्त्वपूर्ण उपलब्धि (पूर्णपाठ/भिडिओ)

| पुस २६, २०८० बिहिबार

A A A
A A A

२६ पुस, रामेछाप । गोकुलगंगा गाउँपालिकाले १४ औँ गाउँ सभा एवं हिउँदे अधिवेशन बुधवार सम्पन्न गरेको छ । उसले चालु आर्थिक वर्षको छ महिनामा भएका उपलब्धिहरू सार्वजनिक गर्दै गाउँ सभा सकेको हो । 

 

पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को सभाध्यक्षयतामा भएको गाउँ सभामा बितेको छ महिनामा पालिकाले गरेका काम, सञ्चालित योजना र हाल सम्म सम्पन्न योजनाहरूको बारेमा जानकारी गराइएको थियो । साथै वडा नं ६ फर्पूका वडा अध्यक्ष एवं सभाका सदस्य चन्द्रबहादुर सुनुवारले प्रस्ताव गरेको वन विध्येक बहुमतले पारित भएको छ । 

 

वडा नं ३ का अध्यक्ष कुलविक्रम कार्की समर्थक रहेको सो विध्यक बहुमतले पारित भएको सभाध्यक्ष खड्काले घोषणा गरे । विध्येकमा अब कार्यपालिकाले दफावार छलफल गरेर कानुन बनाइ कार्यान्वयनमा जाने छ ।   

त्यस्तै उपाध्यक्ष उषा देवी कार्कीले पेस गरेको चालु आर्थिक वर्षको आय, व्ययको विवरण समेत सभाले बहुमतले पारित भएको घोषणा गरिएको छ । चालु आर्थिक वर्षको लागि करिब ६२ करोड बजेट ल्याएको यो पालिकाले हाल सम्म अनुमान गरेको आयमध्ये ३५ प्रतिशत मात्रै प्रगति भएको उपाध्यक्ष कार्कीले बताइन् । 

 

उनले खर्च तर्फ चालु खर्च ३१ दशमलव ९७ प्रतिशत र पुँजीगततर्फ १२ प्रतिशत गरी कुल २३ दशमलव ०४ प्रतिशत खर्च भएको सभामा जानकारी गराइन् । 

यो हेर्नुहोस् उपाध्यक्ष कार्कीले सार्वजनिक गरेको आर्थिक वर्षको पूर्णपाठ ।

यी महत्त्वपूर्ण उपलब्धि हासिल गर्‍यो पालिकाले

चालु आर्थिक वर्षको पुस अन्तिम सम्म आइपुग्दा यो पालिकाले  ठेक्का प्रक्रिया मार्फत सञ्चालन हुने योजना ७ वटा रहेको पालिका अध्यक्ष खड्काले सार्वजनिक गरे । जसमा ५ वटा योजना ठेक्कामा लागि सकेको बताउँदै भने ‘बन्चरे–नामाडी–फर्पुफेदी–खिम्ती सडक विस्तार र जन जागृत मावि बेतालीको भवन निर्माणको काम सुरु भएको छ’ जिल्लाकै युवा पालिका अध्यक्ष समेत रहेका अध्यक्ष खड्काले प्रस्ट्याउँदै भने ‘ठोसे–टगम–सिंगटी सडक स्तरोन्नतिको लागि सम्झौताको प्रक्रियामा छ ।’

 

उनले हाल सम्म सम्झौतामा लागेका र सम्पन्न भएका योजनाहरूको भुक्तानी समेत गरिएको सुनाउँदै शिक्षा, स्वास्थ्य, खेलकुद, पशुपंक्षि, कृषि र न्यायिक समितिले गरेका कामहरू वडा–वडामा प्रदान गर्न थलानी भएको सुनाए । 

 

यो हेर्नुहोस् पालिका अध्यक्ष सार्वजनिक गरेको विवरणको पूर्णपाठ

 

नेपाली काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष खड्कका अनुसार पालिकाले २२६ वटा योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसमा हालसम्म १६३ वटा अर्थात् ७२ दशमलव ५४ प्रतिशत योजनाको सम्झौता सकिएको छ । अब ६३ वटा योजना अर्थात् २७ दशमलव ४६ प्रतिशत सम्झौताको हुने क्रममा रहेका छन् । 

 

असारे विकास निर्माणलाई चिर्ने योजना बोकेको यो पालिकाले ८ वटा अर्थात् ४ दशमलव ९१ प्रतिशत योजनाको काम सम्पन्न गरी भुक्तानी समेत दिएको सभालाई जानकारी गराइएको छ । 

 

भिडिओमा हेर्नुहोस् 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार