मन्थली नगरका प्रवक्ताले भने ‘६ महिना भित्र ‘डम्पिङसाइड’को समस्या समाधान हुन्छ’ (भिडिओ)

| पुस २६, २०८० बिहिबार

A A A
A A A

२६ पुस, रामेछाप । हाल सम्म बजारको फोहोर व्यवस्थापन गर्न नसकेको जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आउँदो ६ महिना भित्र ‘डम्पिङसाइट’ टुङ्गो लगाउने प्रतिबद्धता जनाएको छ । फोहोर व्यवस्थापन गर्न नगरपालिका  लागि परेको नगरको भनाई छ । नगरपालिकाले हाल सम्म दीर्घकालीन रूपमा मन्थली बजारको फोहोर व्यवस्थापन गर्न सकेको छैन । भने, फोहोर व्यवस्थापनको लागि उपयुक्त ठाउँको खोजी समेत भएको छैन । केही समय यता ‘डम्पिङसाइड’ निर्माण गरी फोहोरको दिगो व्यवस्थापन हुनु आवश्यक देखिएको छ । 

 

बिहीबार पत्रकार भेटघाट गर्दै भर्खरै नगरको प्रवक्ताको जिम्मेवारी पाएका वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले यहाँको बजारको फोहोर तामाकोशी नदी किनारमा फाल्ने र त्यही नदीको पानी खानु परेको बाध्यतालाई गम्भीरताको साथ लिएको भन्दै ‘यो कुरालाई हामी छ महिना भित्र समाधान पाउनु हुन्छ तपाईँहरूले’ भने । यसको लागि नगरपालिकाले विभिन्न वडालाई केन्द्रमा राखेर छलफल गरिरहेको प्रस्ट्याउँदै उपयुक्त ठाउँ हेरेर समस्या समाधान गर्ने बचन दिए । 

प्रवक्ता श्रेष्ठले बुधवार सम्पन्न १४ औँ नगर सभाले पारित गरेको वन ऐन सहित विभिन्न निर्णयहरू समेत सार्वजनिक गर्दै आगामी दिनमा समृद्ध नगर बनाउनको लागि सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेकोमा जोड् दिए । 

 

मन्थली अस्पताल, लामो समय देखि अलपत्र अवस्थामा रहेको चिस्यान केन्द्र, कबर्ड हलको दीर्घकालीन र वृहत् विकास गरी मन्थली सहित समग्र जिल्लाकै जनताको सेवाको पहुँचमा ल्याउन जरुरी रहेकोमा जोड् दिँदै यी कामहरूलाई नगरले आफ्नो ठाउँबाट सक्दो पहल गरी रहेको समेत प्रवक्ता श्रेष्ठले जानकारी गराए । 

 

नगरले हाल सम्म गरेका विकास निर्माण, शैक्षिक सुधार, प्रशासनिक गतिविधिमा कुनै समस्या भएमा नगरका जिम्मेवार निकायलाई सिधै खबर गर्न भनेका प्रवक्ता श्रेष्ठले ‘दुनियाँका छोरा छोरीलाई हँसाएर । नगरकै भत्तामा मान्छे आएर त्यो कताको झण्जट् नगरिदिनुहोला सिधै भन्दा हुन्छ’ भने । 

 

मन्थलीको विकासले जिल्लाकै पहिचान दिने जिकिर गर्दै अबका दिनमा सबै पक्षसँग सकरात्कम र रचनात्मक सहकार्य गर्ने बचन दोहोर्‍याए । 

 

के-के भने प्रवक्ता श्रेष्ठले पूरा भिडियो हेर्नुहोस्