रामेछापमाः सुनकोशी मरिण डाइभर्सन संघर्ष समितिले मुख्य मन्त्री जम्कट्टेललाई बुझाए १३ बुँदे माग (पत्रसहित)

| पुस २७, २०८० शुक्रबार

A A A
A A A

२७ पुस, रामेछाप । सुनकोशी मरिण डाइभर्सन संघर्ष समिति, नेपाल माझी उत्थान संघ, र स्थानीय प्रभावित समुदायहरूले विभिन्न १३ बुँदे माग गर्दै मुख्य मन्त्रीलाई माग पत्र बुझाएका छन् । उनीहरूले आफ्ना माग सम्बोधन गर्ने समेत जोडदार माग गरेका छन् । 

 

बिहीबार जिल्ला सदरमुकाम मन्थलीमा भएको एक कार्यक्रममा आएका बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेललाई आयोजना प्रभावित क्षेत्रका स्थानीय माझी समुदायका अगुवा, संघर्ष समितिले माग पत्र बुझाएका हुन् । 

 

परम्परादेखि नदी र खोला, कोशीको किनारमा बसी आफ्नो जीविका चलाउँदै आएको स्मरण गराउँदै गत २०७९ चैत्र २६ गते माझी समुदायका सरोकारवाला र सुनकोशी मरिण डाइभर्सन आयोजना निर्माण कम्पनी रोमन कन्टक्शन बिच विभिन्न बुँदामा सहमति भएको तर सो कन्स्ट्रक्सनले माझी समुदायको मागलाई बेवास्ता गरेको समेत उनीहरूले बुझाएको माग पत्रमा भनिएको छ । 

रामेछाप र सिन्धुलीको स्थित सुनकोशी नदीमा निर्माणाधीन आयोजनाले आफूहरूलाई पीडित बनाएको भन्दै आफूहरूका माग तत्काल सम्बोधन गरिनु पर्ने उनीहरूको माग छ ।

 

आयोजनाले स्थानीय सरकारसँग समेत समन्वय नगरेको भन्दै केही समय देखि आलोचना स्थानीय सरकार र आयोजना कम्पनीबिच द्वन्द्व सुरु भएको बुझिएको छ । 

 

यो हेर्नुहोस् माग पत्र 

 

 

यो पनि पढ्नुहोस् सुनकोशी आयोजनाको समाचार । 
सुनकोशी मरिण डाइभर्सनः मुआब्जा पुःन निर्धारण गरिपाउँ भन्दै रामेछापका स्थानीय पुगे गृह, मानव अधिकार आयोग र जनजाति आयोग

सुनकोशी-२ र मरिन डाइभर्स जलविधुत् आयोजनाः रामेछापमा मानवअधिकार आयोगले गर्यो प्रभावित् क्षेत्रका नागरिकसंग छलफल, अगाडि नबढाउन स्थानीयको माग (फोटोफिचर)