वृहत् रामेछाप महोत्सव दोस्रो दिन : आज यी चर्चित कलाकार आउँदै

| पुस २७, २०८० शुक्रबार

A A A
A A A

२७ पुस, रामेछाप । हिजो बिहीबार बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेको ‘वृहत् रामेछाप महोत्सव’ को दोस्रो दिन आज शुक्रवार मनोरञ्जनका लागि लोक तथा दोहोरी क्षेत्रका चर्ची कलाकारहरू आउने भएका छन् । 

 

१५० बढी स्टलमा जिल्ला भित्र उत्पादित कृषि, घरेलु, हस्तकलाका सामाग्रीहरू, होटेल, पसल सहित प्रचारप्रसारको लागि सजिसजावट् सहित भव्य तयारी उक्त महोत्सवमा रमेश राज भट्टराई सहित रामेछाप घर भएकी कल्पना सुनुवार, विनोद लामा टिकटकर, कुमार कार्की गायक र सूर्य पूर्वछाने मगर आउने आयोजक एवं रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले जानकारी दिए । 

 

 आगामी माघ ७ गते ११ दिन सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त दैनिक ५–६ जना कलाकारहरू  ल्याउने आयोजकले भनेको छ । 

बिहीबार विभिन्न जातजातिहरूको झाँकी सहित वृहत् र्‍याली प्रदर्शन गरिएको थियो ।

 

६८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको वृहत् महोत्सवमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

 

उद्घाटनको पहिलो दिने आयोजकले प्रचारप्रसार उपसमितिलाई दिएको जिम्मेवारी जिम्मेवार र सही ढङ्गले गर्न नसक्दा केही कम्जोरीहरु भएको भन्दै दोस्रो दिनबाट उक्त उपसमितिलाई सजग गराउँदै प्रचारप्रसारलाई तीव्रता दिन समेत सङ्घले आग्रह गरेको छ । 

 

यस अगाडि खेम सेन्चुरी आउने भनिएकोमा आयोजकको पछिल्लो जानकारी पछि फोटो र जानकारी सच्याइएकोःस

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार