वृहत् रामेछाप महोत्सवः भोलि प्रमोद खरेल सहितका यी कलाकार आउदै, कुन दिन कुन कलाकार आउने, (सूचीसहित)

| पुस २७, २०८० शुक्रबार

A A A
A A A

२७ पुस, रामेछाप । ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको ‘वृहत् रामेछाप महोत्सव’ सफल पार्न र हुनको लागि कलाकारहरूको उपस्थिति पनि एक मुख्य भूमिका रहन्छ । अझ भन्नु पर्दा अहिलेका दर्शकहरू कलाकारहरूको व्यक्तिगत ‘फ्यान’ नै हुन्छ । र, सोही व्यक्तित्वलाई हेरेर कार्यक्रममा रमाउन पुग्ने गर्दछन् । 

 

यस्तो परिस्थिति युवा युवती, शिक्षित, बुद्धिजीवी र उमेर अनुसार फरक फरक हुन्छ । गीत सङ्गीतामा पनि कसै कसैलाई र्‍याप, पप, लोकदोहोरी, आधुनिक विधा विधाका गीत मन पर्नु व्यक्तिगत स्वभाव नै हो । कोही ज्योति मगरका डाई हार्ट फ्यान हुन पछि पर्दैनन् । भने, कोही उनको हर्कतहरुलाई लिएर उनलाई हेर्नै नचाहने दर्शकको पनि सङ्ख्या उत्तिकै रहेको सुनिन्छ। जे होस् ज्योतिले आफ्नो जीवन कलाकारिताबाटै चलाएकी छिन् । 

 

यस्तो अवस्थामा रामेछाप उद्योग वाणिज्य संघले लाखौँको खर्चमा आयोजना गरेको महोत्सवमा पनि तिनै कलाकारहरू आउने र ल्याउने क्रम: सुरु भई सक्यो । केही कलाकारले त, पहिलो दिनै प्रस्तुति पनि दिई सके । पहिलो दिन प्रस्तुति दिने कलाकारहरूले गीत सङ्गीत अरुकै गाएको देखि छेउ टुप्पो मिलाउन पनि नसकेकै देखियो । 

 

दर्शकलाई मनोरञ्जन दिने क्रममा कलाकारहरूले पनि धेरै कुरामा ख्याल गर्नु पर्ने त छदैँछ तिनै विषयलाई उनीहरूले तलमाथि गर्दा आफ्नो प्रस्तुति र दर्शकको मनोरञ्जनको तालमेल मिल्दैन । फलतः भिड् बाहिरिन पुग्छ । 

यी नै कुरालाई ख्याल राख्दै आयोजक उद्योग वाणिज्य संघ रामेछापले ११ दिन सम्म चल्ने महोत्सवमा कुन दिन कुन कलाकार ल्याउने भन्ने जानकारी गराएको छ । पहिलो उद्घाटन लगायतले समय व्यतीत भए पनि बाँकी दिन मनोरञ्जन सहित व्यापार व्यवसाय चलाउने, दर्शक बढाउने यी र यस्तै कुरालाई महत्त्व राख्छ । 

 

विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूलाई समेट्दै यस अगाडि नै महोत्सवमा ल्याउने नाम सार्वजनिक गरेको आयोजकले ११ दिनमा कति गते कुन दिने को कलाकार आउने सम्मको जानकारी गराएको हो । 

 

आयोजकका अनुसार कलाकारहरूले अन्य विशेष परिस्थित बाहेक उपस्थिति जनाउने पक्का गरेर नाम सार्वजनिक गरेको बताएको छ । शनिबार भोलि महोत्वसको तेस्रो दिन चर्चित गायक प्रमोद खरेल सहित सीता थापा, भोजराज काफ्ले, लोकेन लामा, रामजी बुढाथोकी र प्रवेश घतानी (नृत्य) आउने भनिएको छ । 

 

त्यस्तै दोस्रो दिन शुक्रबार आज रमेश राज भट्टराई सहित कल्पना सुनुवार, कुमार कार्की, सुर्य पूर्वछाने मगर र टिकटकर विनोद लामा आउने छन् । खेम सेन्चुरी पश्चिमको एक कार्यक्रममा गएकाले उनी केही दिन पछि आउने भएका छन् । 

 

हेर्नुहोस् कुन दिन को कलाकार आउ छन् हेर्नुहोस् 

स्रोतः रामेछाप उद्योग वाणिज्य संघ, महासचिव कुमार श्रेष्ठ । 

जुनी मान्नधर
| फागुन २६, २०८१ सोमबार
कन्चन कार्की
| फागुन १४, २०८१ बुधबार
अनुपम बम ठकुरी ‘सुदूर साहेब’
| माघ ३०, २०८१ बुधबार
कन्चन कार्की
| पुस ३, २०८१ बुधबार