मन्थली नगरपालिकामा ९ वटा सरकारी कार्यालयको ‘समन्वय’ बैठक, ६ बुँदे यस्ता छन् निर्णय ?

| पुस २८, २०८० शनिबार

मन्थली नगरपालिका फाइल फोटो ।
A A A
A A A

२८ पुस, रामेछाप । जिल्ला स्थित सरकारी कार्यालयहरूले मन्थली नगरपालिकामा सञ्चालन गर्ने गतिविधिलाई केन्द्रमा राख्दै नगरपालिकामा ‘समन्वय’ बैठक बसेर ६ बुँदै विभिन्न निर्णय गरेको छ । 

 

यी कार्यालयहरू मार्फत हुने गतिविधिलाई एक रुपता ल्याउन र मिलेर अगाडि जाने उद्देश्यले पहिलो पटक बैठक बसेर ६ बुँदे निर्णय गरेको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । 

 

वडा नं ८ चिसापानीका वडा अध्यक्ष समेत रहेका प्रवक्ता श्रेष्ठका अनुसार बैठकले नगर क्षेत्र भित्र सञ्चालित कर्मागत तथा चालु आर्थिक वर्षका आयोजनाहरूलाई सफल पार्नको चासो दिँदै निर्णय गरिएको हो । 

 

नगरको सभा हलमा भएको पत्रकार भेटघाटमा उनले भने ‘यो पहिलो पटक सुरु भएको हो । हामीले अब सबैसँग मिलेर जाने र नगरलाई समृद्ध बनाउनको लागि यहाँ सबै कार्यालयबाट नगरभित्र हुने गतिविधि, काम, योजना, विकास निर्माणलाई एकरुपता दिन सजिलो होस् भने पहिलो बैठक राखेर निर्णय गरेका छौँ ।’

 

उक्त बैठकमा यहाँका ९ वटै सरकारी कार्यालयहरूको उपस्थितिमा निर्णय गरिएको हो । 

 

निर्णयहरु हेर्नुहोस्